प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सम्झौता «

प्रभु बैंक र फोरेक्स स्पोर्टबीच रेमिट्यान्स सम्झौता

प्रभु बैंक र अष्ट्रेलियाको फोरेक्स स्पोर्टबीच सम्झौता भएको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अब फोरेक्स स्पोर्टमार्फत् नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजार भन्दाबढी एजेन्टबाट सहजै भुक्तानी पाउन सकिने बैंकको भनाइ छ । यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
सम्झौताले विशेष गरी विदेशमा रहने नेपालीले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ । हाल बैंकले देशभर २१४ वटा शाखा कार्यालय, ५८ भन्दाबढी एक्टेन्सन काउन्टर र १८९ वटा एटीएम बाट १५ लाखभन्दाबढी ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्