धितोपत्र बोर्डको सञ्चालकमा श्रेष्ठ «

धितोपत्र बोर्डको सञ्चालकमा श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।
ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् । श्रेष्ठ हाल साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक छन् ।

प्रतिक्रिया दिनुहोस्