‘सरोकारवालासँग छलफल गरेर मात्र गुठी सम्बन्धी कानुन’ «

‘सरोकारवालासँग छलफल गरेर मात्र गुठी सम्बन्धी कानुन’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समस्या समाधान हुनुपर्ने बताएकी छिन् ।
विभिन्न पक्षहरुसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा उनले सांस्कतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन् ।
उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडी बढ्ने प्रतिवद्धता पनि जनाइन् । छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने बताए । उनीहरुले सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नु पर्ने सुझाव पनि दिए ।

प्रतिक्रिया दिनुहोस्