त्रिवेणी–ताम्ती सडक खण्ड निर्माण जारी «

त्रिवेणी–ताम्ती सडक खण्ड निर्माण जारी


जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्डमा पुनर्निर्माण थालिएको छ । कात्तिक पहिलो साता भएको वर्षापछि आएको बाढीले कटान गरेको उक्त सडक खण्डको निर्माण थालिएको हो ।
बाढीले जुम्ला–जाजरकोट सडकको करिब २० किलोमिटर सडकमा क्षति गरेको छ । सडक डिभिजन जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले भने, “अवरुद्ध भएको २० किलोमिटर सडकमध्ये बाढीले ४ सय मिटर सडक पुनै कटान गरेको छ । मान्छे हिड्ने समेत बाटो छैन । ताम्ती क्षेत्रका नागरिकलाई खाद्यन्न ओर्सान आवत जावत सहज गर्न ट्याक्टर, जीप सञ्चालन हुने गरी कटान भएको सडक खण्ड तत्तकाल निर्माण थालेका छौं ।”
त्रिवणीदेखि ताम्तीसम्मको ४ सय मिटर कटान भएको सडकमा पर्खाल निर्माण गरिने भएको छ । सडकको ट्रयाक खोल्ने काम सरु भएको इन्जिनियर भण्डारीले बताए ।
कटान भएको ४ मिटर क्षेत्रमा ग्पर्खाल निर्माणका लागि गत आबको २ करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ । भेरीखोला क्षेत्रका नागरिकको आवत जावतइ सहज गर्न तथा खाद्यन्न ढुवानी गर्नका लागि बाढीले कटान गरेको सडक निर्माणलाई द्रूत गतिमा अघि बढाइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए ।
जुम्ला–जाजरकोट रारा राजमार्गको विभिन्न भागमा अवरुद्ध भएको छ । सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले सडक स्तरवृद्धि तथा निर्माण, अवरुद्ध सडक सुचारु, नयाँ सडक निर्माण, पुल निर्माणलगायत अन्य पूर्वाधार विकासका कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य लिएर काम थालिने बताए ।

प्रतिक्रिया दिनुहोस्