पुम्दीकोटको महादेव मूर्ति मौलिक पर्यटनको केन्द्र बन्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माणकै क्रममा रहेको महादेवको मूर्ति नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताएका छ्न । शनिबार महादेवको मूर्ति अवलोकन गर्दै मन्त्री शर्माले नेपालको मौलिक पर्यटनको केन्द्र बन्ने बताए ।
महादेवको मूर्तिले संस्कृतिक र राष्ट्रियतालाई स्थापित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने उनले बताए । सो महादेवको मूर्तिले पुम्दीकोट क्षेत्रको मात्र नभई पोखरा र नेपालकै धार्मिक पर्यटन प्रबद्धन गर्न सहयोग गर्ने उनले बताए । मन्त्री शर्माले महादेवलाई इतिहास र अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । “कुनै एक युगमा महादेव भन्ने व्यक्तिका कृयाकलाप आजसम्म समाजले अनुकरण गर्दै आएको छ” उनले भने, “भोलानाथले गरेका राम्रो कामको आज हाम्रो इतिहासलाई अब अर्थतन्त्रसँग जोड्नु पर्छ ।”
उक्त महादेवको मूर्तिले आर्थिक क्षेत्रमा ठूलो योगदान दिनेउनको दाबी छ । महादेवको मूर्तिले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने उक्त अभियानमा अर्थ मन्त्रालयले समेत आवश्यक सहयोग गर्ने उनदे प्रतिवद्धता जनाए ।
मन्त्री शर्मासहित गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालाई स्थानीयले स्वागत समेत गरेका थिए ।
पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं महादेवको मूर्ति निर्माण समितिका संयोजक चन्द्रकान्त बरालले ४० करोडको परियोजना हाल केही भौतिक संरचना निर्माणको काम बाँकी रहेको बताए ।