Logo

निशानको नयाँकिक्स गाडी अब नेपालमा

नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरूको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले लामो समयदेखि प्रतीक्षामा रहेको निशानको उत्कृष्ट गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ । किक्स गाडीले आफ्ना ग्राहकहरूलाई विशेष सुविधासहित आरामदायी सेवा दिनेछ । यसको फराकिलो भित्रिभाग र स्टाइलिस्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरूलाई आकर्षित गर्नेछ । अति राम्रा विशेषतासहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा इन्टी लेभलको ४७ लाख ९९ हजार रुपैयाँमा र टप लेभलको ५९ लाख ९९ हजार रुपैयाँमा पाइनेछ ।
यसका अन्य कतिपय विशेषताः छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटका लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकका लागि हाइट मिलाउन मिल्ने सिट, दुइटा एयरब्याग र ईबीडी र बीएसहितको एबीएस समावेश गरिएको कम्पनीले जनाएको छ । बिक्री प्रारम्भ गरिएको समारोहमा, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुसी व्यक्त गर्दै यस कारले कारप्रेमी नेपालीहरूको मन जित्ने बताए ।

प्रतिक्रिया दिनुहोस्