कामना सेवा विकास बैंकको लाभांश पारित «

कामना सेवा विकास बैंकको लाभांश पारित

कामना सेवा विकास बैंकले सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १५औं वार्षिक साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट सो लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आव २०७७-०७८ को मुनाफाबाट सेयरधनीलाई हाल कायम रहेको चुक्तापुँजीको १८.५० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशतसमेत गरी कुूल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो । साधारणसभाले आ.व. २०७८-०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरेबमोजिम लेखापरीक्षक नियुक्ति गरेको छ ।
साधारणसभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालक चयन गरेको छ । यस्तै संस्थापक समूहबाट सुदिप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बराल निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृत यादव प्रसाद ढुङ्गानाले गरे । यस्तै सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा आचार्यलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्