Logo

झापामा जेसीबीको नयाँ आउटलेट

नेपालका लागि जेसीबी ब्रान्डका हेभी तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले झापाको दमकमा सुविधासम्पन्न ‘अथराइज्ड रिटेल आउटलेट’ सुरु गरेको छ ।
जेसीबीको यो ३५औं आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने कम्पनीले जनाएको छ ।
ओम दमक मोटर्सले सञ्चालन गरेको नयाँ आधिकारिक बिक्री केन्द्रको उद्घाटन दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ तथा एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सञ्जिव पाहुजाले गरेका थिए ।
नयाँ आउटलेटबाट जेसीबीका सम्पूर्ण मेसिन, पाटपुर्जा तथा अन्तर्राष्ट्रियस्तरको बिक्रीपछिको सेवा पाउने एमएडब्लु अर्थमुभर्सका कार्यकारी निर्देशक पाहुजाले बताए । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् ।

प्रतिक्रिया दिनुहोस्