Logo

आइएमई लाइफको पुनर्वास नगरपालिकामा शाखा बिस्तार

आइएमई लाइफ इन्स्योरन्स कम्पनीले शाखा बिस्तार गरेको छ । कम्पनीले नगरपालिकामा नयाँ शाखाको सुरुवात गरेको हो । कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले उक्त शाखाको उद्घाटन गरेका थिए । मेयर थापाले बिमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उद्घाटनका क्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा र सुदूरपश्चिमका जनमानसमा जीवन बिमाको पहुँच तथा जागरुकताका लागि सो शाखा बिस्तार कोसेढुंगा रहने बताए ।
कम्पनीका बिजनेस हेड कर्मराज पौडेलले आईएमई लाइफ इन्स्योरन्स कम्पनीमा बिमा अभिकर्ता भई काम गर्दा स्थानीय समुदायको समृद्धिमा टेवा पुग्ने बताए । उक्त शाखाबाट सुदूरपश्चिम तथा खास गरी पुनर्वास नगरपालिकाका बासिन्दालाई सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बिमा सम्बन्धि विभिन्न सेवाहरु अझै सुदृढ र सक्षम हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनिका सुदुर पश्चिमका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले जानकारी गराएका थिए ।
चाँडै नै आइपिओमार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आईएमई लाईफ इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सर्वसाधारण जनसमुदायमा जिवन बिमाको सुलभताका लागि अझै थुप्रै शाखाहरु आफ्नो योजनाको प्राथमिकतामा रहेको जानकारी दिए । हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्