इन्धनको मूल्य वृद्धिको विरोध

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
बिहीबार अनेरास्ववियूले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडी मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । अनेरास्ववियुले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन मागसमेत गरेको छ । अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले मूल्यवृद्धि फिर्ता नलिएमा आन्दोलन जारी राख्ने बताए ।
उनले १२ घण्टाभित्र मूल्य वृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनका लागि आन्दोलन गर्ने चेतावनी दिए । “सरकारले जनतामारा निर्णय गरेको छ । यो पछिल्लो समय भएको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छौं” उनले भने, “मूल्य वृद्धि फिर्ता नभए सरकारकै बर्हिगमनको लागि आन्दोलन गर्नेछौं ।”