चक्रपथ विस्तार रोकियो «

चक्रपथ विस्तार रोकियो

;”o{ljgfos–w’lnv]n ;8s lgdf{0f hfkfg ;/sf/sf] ;xof]udf ;”o{ljgfos–ag]kf–w’lnv]n ;8s lgdf{0fsf] sfo{ tLa| ultdf x’Fb} . tl:a/ M dLgf 3f]/;fOg], sfe|], /f;;


समयमै सरकारले निर्माण हुने क्षेत्रको साइड क्लियरेन्स गर्न नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार (कलंकी–चावहिल) को काम रोकिएको छ ।
करिब ४ महिना अगावै सडक विभागले साइड क्लियरेन्स हुन बाँकी महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर पत्राचार गरेको भएपनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि काम रोकिएको छ । चिनियाँ कम्पनीले भने साइड क्लियरेन्सपछि मात्र काम अघि बढाउने बताउँदै आएको छ भने सरकारले सबै क्षेत्रको साइड क्लियरेन्स गर्न सकेको छैन ।
निर्माण साइड किल्यर हुन बाँकी रहेको साइड छोडेर चिनियाँ निर्माण कम्पनीलाई काम अघि बढाउन पत्राचार गरेको भएपनि यसबारे औपचारीक जानकारी नदिएको सडक विभागका उप–महानिर्देक तथा प्रवक्ता शिव नेपालले बताए । उनले भने, “चिनियाँ निर्माण कम्पनीले साइड क्लियर नभएको बताउँदै आएको छ । तर बाँकी काम अघि बढाउन भनेको थियौं, हालसम्म कुनै प्रतिक्रया दिएको छैन । तत्काल आयोजनाको काम अघि बढेको छैन ।” तर विस्तारको लागि २ ओटा हाइटेन्सनलाई हटाउने र अन्य साइड किल्यर गर्ने काम भने जारी रहेको जनाइको छ । यसका लागि उच्चस्तरमै छलफल अगाडि बढाउनु आवश्यक भएको विभागले जनाएको छ ।
कलंकी–महाराजगञ्ज–सुकेधारा पुलसम्मको साइड क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भने महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको सायड क्लियर हुन बाँकी रहेको छ । सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्नेछ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको मुआब्जा नदिने गरी फाइल अगाडि बढाएको छ । कानूनी प्रकृया पूरा गर्दा आयोजनाको विस्तार ढिलाई भएको र साइड क्लियर हुन बाँकी रहेको जनाइएको छ ।
सो परियोजनामा ९७ प्रतिशत भैतिक प्रगति भएको छ । उक्त सडकखण्डको लम्बाई ११.६ किलोमिटर छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइड क्लियर गरेर दिएपछि डिजाइन गरेर विस्तार गर्नेगरी सरकारसँग सम्झौता गरिसकेको छ । साइड करिब क्लियर भएको अवस्थाले गर्दा डिजाइसहितको माग गरेको भएपनि कुनै प्रतिक्रया नआएको प्रवक्ता नेपालको भनाइ छ ।
गत असोजमा मन्त्रालयमा भएको छलफलमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरी नारायणगोपाल चोक, महाराजगञ्जको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको थियो ।
गत वर्षको फागुनमानै सरकारले साइड क्लियर गरेर विस्तारको जिम्मा दिने योजना भएपनि आन्तरिक प्राविधिक तथा कोभिड–१९ का कारण आयोजनाको कार्य प्रगतिमा ढिलाई भएको छ ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्णरूपमा खाली गरेर विस्तारको काम सुरु गरिनेछ । जसअन्तर्गत गत फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी ढललगायत अन्य अवरोध हटाएर सीमांकन गर्ने योजना भएपनि ढिलो भएको थियो ।
सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ । कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर डीपीआर निर्माणका लागि सीमा क्षेत्र खाली हुनुपर्ने चिनियाँ पक्षको सर्त रहेको छ ।
कुल ६२ मिटर चौडाई रहने सडकमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँवायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाईमा भने नेपाल सरकारले एक÷एक लेनको साइकल लेन रहने र यससँगै पैदलयात्रु लेन पनि हुनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ ।
साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० सालदेखि सो सडक विस्तारको काम अघि बढाएको थियो । कलंकी–चाबहिलपछि तिलगंगा–कोटेश्वर सडकखण्ड विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्