ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम «

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको सहयात्री सिम


ग्लोबल आइएमई बैंकका ग्राहकले एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधा पाउने भएका छन् ।
बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटाको सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने जनाइएको छ ।
एनसेल आजियाटा लिमिटेड र ग्लोबल आइएमई बैंकबीच ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोल्ने ग्राहकका लागि निःशुल्क सहयात्री सिम उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता वैदेशिक रोजगारीमा जाने कामदारm उनीहरूका परिवार र रेमिट्यान्स आम्दानी भएका व्यक्तिका लागि विशेष बचत खाता हो । यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले आकर्षक योजनासहितको एनसेलको सिम कार्ड र बैंकको विभिन्न सुविधाहरूको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
सम्झौताअनुरूप बैंकमा खाता खोल्ने ग्राहकले १२ महिनासम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप, ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गतको सिम कार्डमा ग्राहकले २० को मेन ब्यालेन्स, ७ दिनको समय सिमा रहेको २० मिनेट अन नेट टक टाइम, २० वटा अन नेट एसएमएस र २०० एमबी डेटा पनि प्राप्त गर्ने जनाइएको छ ।
त्यस्तै सिम सुचारु भएको पहिलो २ दिनमा भएको रु १०० वा सो भन्दा बढीको रिचार्जमा ग्राहकले १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा प्राप्त गर्नेछन् । प्राप्त सेवा, सुविधा ७ दिनका लागि मान्य रहनेछ । यसका साथै ग्राहकले १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत रिचार्जमा बोनसको फाइदा लिन सक्छन् भने भारत, मलेसिया तथा खाडीमुलुकमाकल गर्ने शुल्कमा छुटको फाइदा पनि लिन सक्छन् ।
सहयात्री सिममा ग्राहकका लागि एनसेल जब सपमा एक महिनाको निःशुल्क पहुँच र मासिक प्लानमा ५० प्रतिशत छुट पनि रहेको छ । यसका साथै ग्राहकले कल आयो पैसा पायो, बीप सेवा तथा निश्चित स्थानमा निःशुल्क रोमिङ सेवा जस्ता सेवाहरूको फाइदा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्