कृषि उद्यम प्रवद्र्धन गर्न नबिल बैंकको कर्जा सुविधा «

कृषि उद्यम प्रवद्र्धन गर्न नबिल बैंकको कर्जा सुविधा


नबिल बैंक प्रदेश–१ का साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवद्र्धन र सुदृढीकरणमा सहयोग गर्ने भएको छ । त्यसका लागि बैंक र परियोजनाबीच सम्झौता भएको छ ।
बैंकले स्विस कन्ट्याक्ट र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रबाट कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश–१ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवद्र्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्भौता गरेको जनाइएको छ । सोहीअनुसार बैक र सहजबीच परियोजना तयार गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले सधै वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए ।
स्विस कन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश–१ स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादन प्रदान गर्न वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्