प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश प्रस्ताव «

प्राइम लाइफ इन्स्योरेन्सको १५.८७ प्रतिशत लाभांश प्रस्ताव


प्राइम लाइफ इन्स्योरेन्सले १४औं वार्षिक साधारणसभा मंसिर १९ गते गर्ने भएको छ । सभाले आर्थिक वर्ष २०७६-०७७ को नाफाबाट सेयरधनीलाई १५.८७ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ । १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशत नगद लाभांश गरेर कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
सभाले कम्पनीका अधिकृत पुँजीवृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सेयर लगानी अनुपात परिवर्तन गरी संस्थापकतर्फ ६० प्रतिशत तथा सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने, सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्ताव पारीत गर्नेछ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका मंसिर १० गते बन्द गर्ने भएको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्