अमेरिकी अन्तरिक्ष यात्रीले चन्द्रमामा ७ दिन बिताउने «

अमेरिकी अन्तरिक्ष यात्रीले चन्द्रमामा ७ दिन बिताउने

वासिङटन-अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने योजनालाई निरन्तरता दिएको छ । यो मिसनमा ४ अन्तरिक्ष यात्री चन्द्रमामा ७ दिन बिताएपछि पृथ्वीमा फर्कने छन् । एजेन्सीका प्रमुख जीम ब्राइडस्टाइनले भनेका छन्,“२०२८ भन्दा पहिले २०२४ र २०२६ मा परिक्षणका लागि मानवरहित मिसन पठाइने छ ।” बिहीबार उनले पुरै मिसनको योजना लन्च गरेका छन् ।
ब्राइडनस्टाइनले भनेका छन्,“यस पटक हामी आफ्नो देशको झन्डा वा खुट्टाको छाप छोड्नका लागि जाने छैनौ । हामी त्याहाँ बस्नका लागि जादै छौ ।” यसै कारणले नयाँ मिसनको योजना एपोलोभन्दा फरक बनाइएको छ । एपोलो ११ मिसनको माध्यमबाट १९६९ मा नील आर्मस्ट्रङ चन्द्रमाको सतहमा उत्रने पहिलो व्यक्ति भएका थिए । उक्त मिसनको करिब ६० वर्षपछि दोस्रो पटक अन्तरिक्ष यात्रीलाई उपग्रहमा पठाइने छ । नयाँ मिसनका लागि उपकरण तथा अन्तरिक्ष यान विकसित गर्न यस पटक व्यापारिक कम्पनीको सहयोग लिइने भएको छ ।
नासाले कम्पनीहरुलाई चन्द्रमामा उत्रनका लागि अन्तरिक्ष यान, एक यानबाट अर्कोमा जानका लागि वाहान तथा इन्धन भर्ने प्रणाली विकसित गर्ने प्रस्ताव दिनका लागि आग्रह गरेको छ । छनौटमा परेको कम्पनीलाई आफ्नो प्रस्तावमा काम गर्नका लागि नासाले ९० लाख डलर दिने भएको छ ।
सर्वाधिक उत्तम प्रस्ताव बनाउने दुई कम्पनीलाई आफ्नो योजनालाई मूर्त रुप दिने अवसर मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्