प्रभु बैंकको लाभांश घोषणा «

प्रभु बैंकको लाभांश घोषणा

प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्