सन्राइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने «

सन्राइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने

सनराइज बैंकले ७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले सेयरधनीहरुलाई ६३ करोड ९ लाख रुपैयाँ बोनस सेयर दिने भएको छ ।
बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । ६.६५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट बैंकले ५.८० प्रतिशत बोनस र २.४८ प्रतिशत नगद गरी ८.२८ प्रतिशत लाभांश वितरण गरेकोे थियो ।

प्रतिक्रिया दिनुहोस्