प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर दिने «

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस सेयर दिने

प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्