उपभोक्ता समितिमार्फत हुने विकासमा रोक «

उपभोक्ता समितिमार्फत हुने विकासमा रोक

Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत हुने सबै प्रकारका नयाँ खरिद रोकेकी छिन् । उनले कात्तिक १४ गते मन्त्रीस्तरीय निर्णय गरेर उपभोक्ता समितिमार्फत हुने खरिद रोक्ने निर्णय गरेकी हुन् ।
यसअघि उपभोक्ता समितिमार्फत भएका कामहरु गुणस्तरहीन, अपारदर्शी तथा तोकेको काम नगरेको धेरै गुनासो थियो । त्यसैले यसलाई तत्कालका लागि रोकिएको मन्त्रालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
मन्त्रालय मातहत करिव ३० प्रतिशत कामहरु उपभोक्ता समितिमार्फत हुने गरेकोमा धेरै गुनासो आउन थालेपछि रोकिएको र मन्त्रालयले यसका लागि कार्यविधि बनाउने समिति गठन गर्ने पनि जनाएको छ । समितिले प्रतिवेदन दिएपछि सोही अनुसार हुने मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको ५७औं र ५८औं प्रतिवेदनले प्रतिस्पर्धाबाट गुणस्तरीय निर्माण कार्य गराउने तथा उपभोक्ता समितिमार्फत हुने योजनाको सार्वजनिक परीक्षण र सुनुवाइको व्यवस्था अवलम्बन गरी सम्पन्न योजनाको सञ्चालन र मर्मतसमेत उपभोक्ता समितिले लिने गरी हस्तान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।
मन्त्रालयलद्वारा जारी विज्ञप्तिका अनुसार उपभोक्तामार्फत हुने कार्यक्रमलाई प्रभावकारी दिगो र रोजगारमुलक बनाउने सन्दर्भमा स्पष्ट कार्यविधि तयार पार्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरी कार्य अघि बढाइएको जनाइएको छ ।
“कार्यविधि नबनेसम्म मन्त्रालय अन्तर्गतका निकायहरुबाट हुने खरिद कार्य उपभोक्ता समितिमार्फत गराउन तत्काल रोक लगाइएको छ” विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले सहसचिव रामचन्द्र दंगालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्