पत्रकार निरौलाले लिए विश्वकै लामो रेडियो अन्तर्वार्ता

सोलुखुम्बु-डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भानुभक्त निरौलाले २५ घण्टा २७ मिनेट लामो रेडियो अन्तरवार्ता लिएका छन् । विश्व रेकर्डका लागि लिइएको अन्तर्वार्ताका जवाफकर्ताको रूपमा पर्यटनविद् आङफिन्जो शेर्पा थिए ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने हेतुले सुरु गरिएको ‘सबैभन्दा लामो रेडियो अन्तर्वार्ता’ कात्तिक २२ गते सोमबार बिहान ७.३५ देखि सुुरु गरिएको थियो । हिमाली सञ्चार लिमिटेडद्वारा सञ्चालित हिमाल एफएमको चाबहिलस्थित शाखा स्टुडियोमा आयोजित अन्तरवार्ता कात्तिक २३ गते मंगलबार बिहान ९.०३ सम्म जारी रहेको थियो ।
‘पर्यटन र जलवायु परिवर्तनको असर’विषयमा विश्वकै लामो रेडियो अन्तर्वार्ता गरेर पत्रकार निरौला र पर्यटनविद् शेर्पाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा यसअघि दर्ज रेकर्ड ब्रेकका लागि दाबी पेश गरेका छन् ।