नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रसाईको राजीनामा «

नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रसाईको राजीनामा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले दिएको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
साथै अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिने निर्णय पनि गरेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्