नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित «

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमले ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंकलाई सम्मान गरेको हो ।
आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।
हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम नीति, तथा प्रकृयामार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउँदै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने बताए ।
गत महिना पनि नबिल बैंकलाई एसियाली विकास बैंक (एडीबी)ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो । त्यस्तैगरी, नबिल बैंकले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको बेस्ट बैंक’ अवार्ड जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्