यातायात व्यवसायीको चुनावमा लोकतान्त्रिक र वाम प्यानल

यातायात व्यवसायीहरूको चुनावि सरगर्मी सुरु भएको छ । यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ५औं राष्ट्रिय महाधिवेशन यही माघ १७, १८ र १९ गते चितवनमा हुँदैछ । व्यवसायीहरूको महाधिवेशन नजिकिंदै गर्दा आफ्नो पोल्टामा नेतृत्व ल्याउनको लागि देश भरका व्यवसायीहरू चुनावी होमिएका हुन् ।
महाधिवेशन आयोजक समिति र अन्य उपसमितिहरूले आ–आफ्नो जम्मेवारीलाई तिब्रताका अघि बढाएका छन् । राष्ट्रिय महाधिवेशनबाट आउने नेतृत्वले ३ वर्षसम्म यातायात व्यवसायीहरूको प्रतिनिधित्व गर्नेछ । यातायात महासंघसमा पनि स्पष्ट राजनीतिकरण देखिने भएको छ । आसन्न चुनावमा वाम र लोकतान्त्रिक समुह भिन्दा भिन्दै भिड्ने निश्चित भएको छ । लोकतान्त्रिक प्यनजलाट अध्यक्षमा पूर्वअध्यक्ष योगेन्द्रानाथ कर्माचार्य निश्चित भएपनि अन्य पदाधिकारिको भने टुंगो लग्न बाँकी रहेको र वाम गठबन्धनको प्यानलबाट महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा पदाधिकारीको उम्म्दवारी घोषणा भइसकेको एक व्यवसायीले जानकारी दिए ।
डोलनाथ खनाल अध्यक्ष उम्मेदवार रहेको प्यानलमा वरिष्ठ उपाध्यक्ष दिपक अधिकारी र भरत तिमल्सेना, उपाध्यक्ष जीतवहादुर भारती, मीनबहादुर मानन्धर, शरद अधिकारी, उपाध्यक्षमा (मालवाहक) यादवलाल श्रेष्ठ र महासचिवमा पुन्यप्रसाद (सरोज) सिटौलाको नाम घोषणा गरेको छ । यसैगरी उप–महासचिवमा डेगनाथ गौतम र बसन्त भण्डारी, कोषाध्यक्ष हेमन्त शेरचन, सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र पर्यटन तर्फको वर्गिय संयोजकमा पुरुषोत्तम सिंखडाले उम्म्दवारी घोषणा गरेका हुन् । महासंघको विधान पारित भएमा कुल ९३ कार्यसमिति निर्वाचन हुनेछ । विधान संशोधन भएमा महासंघको संरचनापनि संघियता अनुरुपनै हुनेछ । एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, तीन सचिव, ७ प्रदेश र उपत्यकाको छुट्टै प्रदेशगरि आठ प्रदेश संयोजक, १० वर्गिय संगठनको संयोजकलगायत निर्वाचित हुने छन् ।
लोकतान्त्रिक प्यानलबाट महासंघका पूर्वअध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वांरको टुंगो लागेको र अन्य बाँकी उम्म्दवारको भने ७ गते सम्ममा टुंगो लाग्ने जनाइएको छ । यातायात व्यवसायीको मर्कालाई राम्रोसंग बुझ्न सक्ने निर्भिक र सक्षम नेतृत्वको आवश्यकता रहेको सबै व्यवसायीको माग छ । देशको आर्थिक, भौगोलिक र राजनीतिक अवस्थालाई अध्ययन गर्दै देश भरका सम्पूर्ण यातायात व्यवसायीहरू व्यवसायीक अधिकार स्थापित गर्नका निमित्त गोलबद्ध भइ जानुको विकल्प नरहेको दुवै प्यानलको दावी छ ।
देश संघीयतामा गईसकेको र संघिय संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढिसकेकाले यातायात क्षेत्रलाई पनि संघीय संरचनाअनुसार नै लैजाने गरी निर्वाचन हुन थालेको महासंघका महासचिव सरोज सिटौलाले बताए । “व्यवसायीहरूका तमाम मागहरूलाई सरकार समक्ष लैजान र पहल गर्नका लागि सक्षम, दुरदर्शी र निर्भिक नेतृत्वको आवश्यकता छ,” सिटौलाले भने, “दूरदराजदेखि सुगमसम्मका सबै व्यवसायीको मर्का बुझेको महासंघलाई सक्षम तवरले हाँक्न सक्ने नेतृत्व चाहिएको छ ।” मुलुकको विकास र आर्थिक सम्वृद्धिको लागि यातायात नै मेरुदण्ड भएकाले महासंघलाई सक्षम नेतृत्वको आवश्यक रहेको महासचिव सिटौलाले बताए ।
२०३६ सालमा स्थापना भएको महासंघमा ३ सय ६ वटा संघ-समिति र प्रा.लि. छन् । महासंघका मतदाताको संख्या १० वर्गमा रहेका विभिन्न संघ-समितिबाट प्रत्येकबाट ६ जना र प्रालीबाट १ जना मतदाता हुने छन् । संघ-समितिको नविकरणको म्याद १० गतेसम्म भएकाले मतदाताको टुंगो लागि नसकेको महासंघ अन्तर्गतको मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।