नाडाद्वारा युएम मोटरसाइकल ट्राफिकलाई हस्तान्तरण «

नाडाद्वारा युएम मोटरसाइकल ट्राफिकलाई हस्तान्तरण

 नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार नाडाकोतर्फबाट आइएमइ अटोमोटिभ्स प्रालिले उपलब्ध गराएको युएम कमान्डो २ सय ३० सीसीको मोटरसाइकलको साँचो ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो । नाडाका अध्यक्ष अन्जन श्रेष्ठले महानगरिय प्रहरी बृत्त सिहदरबारका प्रहरी उपरिक्षक रामदत्त जोशीलाई उक्त मोटरसाइकलको साँचो दिएका हुन् । 

नाडाबाट प्रत्येक बर्ष प्रदर्शनीमार्गमा आयोजना गर्दै आएको नाडा अटो शोको शान्ति शुरक्षा तथा ट्राफिक व्यवस्थापन लगायतका विषयहरुमा सिंहदरबार प्रहरी बृत्तबाट गरिएको व्यवस्थापनप्रति नाडाले आभार व्यक्त गर्दे यसबाट नाडा र प्रहरी संगठनविच पारस्परिक सहयोगको सम्बन्ध विस्तार हुने मात्र नभई त्यस प्रहरी बृत्तलाई आफनो जिम्मेवारी अनुरुप आम जनताको सेवा गर्न थप सहयोग पुग्ने अपेक्षा समेत नाडाले राखेको छ ।  उक्त कार्यक्रममा नाडाका पूर्वअध्यक्ष सौर्य राणा, महासचिव कृष्णप्रसाद दुलाल, आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, सचिव दीपककाजी तुलाधर, कोषाध्यक्ष सुनिल रिजाललगायत केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालसमेतको उपस्थिति रहेको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत विगतमा पनि प्रहरी संगठनको सक्षमता विस्तारका लागि मोटरसाइकल हस्तान्तरण गर्दै आएको छ ।                                                                                                                                                              

प्रतिक्रिया दिनुहोस्