सक्षम र श्रुयति भए सर्वोत्कृष्ट «

सक्षम र श्रुयति भए सर्वोत्कृष्ट

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा भएको १६ वडाब्यापी गायन प्रतियोगिता स्वनिम्हका सक्षम शर्माले जितेका छन् भने नृत्य प्रतियोगिता न्याधलकी श्रुयति शाक्यले जित हासिल गरिन् । ललितपुर महानगरपालिका १६ वडाब्यापी गायन तथा नृत्य प्रतियोगितामा गायनतर्फ द्वितीय स्थान महापालकी राधिका श्रेष्ठ तथा तृतीय स्थान जोमबहालकी यजु शिल्पकारले जितिन् भने नृत्यतर्फ तःजाःफःकी विशाखा शाक्यले द्वितीय तथा झतापोलकी एन्जेला शाक्यले तृतीय स्थान प्राप्त गरिन् । प्रतिस्पर्धीहरुले प्रथम पुरस्कार २५-२५ हजार नगद, द्वितीय १५-१५ हजार नगद, तृतीय १०-१० हजार नगदसहित ट्रफी, प्रमाणपत्र तथा ट्रेनिङ प्याकेज जितेका भने टे«निङ प्याकेज उत्कृष्ट १० का लागि ब्यवस्था गरिएको आयोजकले बताए ।
उत्कृष्ट १० मा पर्न सफल गायनका प्रतिस्पर्धीहरु पट्कोका बबिन राजोपाध्याय, चल्खुकी सिम्रन शाक्य, न्याखाचुकका शैलेश बज्राचार्य, बुबहालका राजेश बज्राचार्य, नकबहिलका जेनिश ज्योति शाक्य, गाःबहालका सुनिल बज्र्राचार्य तथा झतापोलका अमिर शाक्य रहेका छन् भने नृत्यतर्फ हाल कुमारीपाटीमा बसोबास गरिरहेकी श्रेशा श्रेष्ठ, धौगलकी विभूषणा बज्राचार्य, न्याखाचुककी उत्पला बज्राचार्य, धपगालकी श्रृया बज्राचार्य, बुबहालकी नैरात्मा बज्राचार्य, न्याखाचुककी सुयंका बज्राचार्य तथा कायगुननिकी लक्की महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्