सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार «

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रदेशको सल्यानमा शाखा विस्तार गरेको छ । बैंकले जिल्लाको शारदा नगरपालिका वडा नः २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।
योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्