कुमारी बैंकको ६ प्रतिशत बोनस «

कुमारी बैंकको ६ प्रतिशत बोनस

कुमारी बैंकको २१औं वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयरवापत लाग्ने कर प्रयोजनका लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७-०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन छलफलसहित पारित भएको बैंकले जनाएको छ ।
यस्तै नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तनलगायतका पक्षमा छलफल भएर पारित गरिएको बताइएको छ । साधारणसभाले सेयरधनीलाई गत आवको लागि ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयरवापत लाग्ने कर प्रयोजनाको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर जारीपश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ हुने बैंकले जनाएको छ । गत आवको अन्त्यमा बैंकले कुल निक्षेप एक खर्ब ५७ अर्ब १७ करोड तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । गत आवमा बैंकले तीन अर्ब १९ करोड सञ्चालन नाफा तथा एक अर्ब ९७ करोड खुद नाफा आर्जन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्