चेपाङ बस्ती सार्न मुख्यमन्त्री पाण्डेलाई मागपत्र

मलेखु- धादिङ जिल्लाको दक्षिणी भागमा पर्ने बेनीघाट रोराङ गाँउपालिका वडा नं. २ ब्रुसवाङ गाँउकाा ३६ परिवार चेपाङलाई बस्ती स्थानान्तरण गर्न माग गर्दै मुख्य मन्त्रीलाई माग पत्र बुझाएका छन् ।
समुद्री सतहको १८ सय ४५ मिटर उचाईमा अवस्थित ब्रुसबाङ गाँउमा खानेपानीको संकटका साथै खाद्यन्न अभाव हुने भन्दै मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई बेनीघाट गाउँपालिकाको मलेखुमा ब्रुसबाङ खाद्य अधिकार समूहका संयोजक बुद्धिलाल चेपाङले माग पत्र बुझाएका हुन् ।
प्रतिपरिवार आवाससहित २ रोपनी जग्गा, खानेपानी, बिजुली बत्ती, स्कुल र सडक भएको ठाउँमा छिटोभन्दा छिटो बसाई सारिनुपर्ने समुदायको पहिलो माग छ । यदि बस्ती स्थानान्तरण गर्न नसक्ने भए । प्रत्येक घर पसिरवारमा खानेपानी सहितको धारो निमार्ण हुनुपर्ने वा आकासे पानी संकलन गर्न प्रत्येक घरलाई १०÷१० हजार लिटरको हिल ट्यांक र १० पात १२ फुटे जस्तापाता पाँउनु पर्ने, बाह्रै महिना पर्याप्त पोषणयुक्त खान पाउने व्यवस्थाका लागि उत्पादनमूलक कार्यक्रम सञ्चालन हुनु पर्ने, जनता आवास कार्यक्रमबाट सवै घर बनाई दिनुपर्ने माग गरेकय छन् ।
यसैगरी बालकक्षालाई दरवन्दी बनाई कक्षा ३ सम्म पढाउने व्यवस्था मिलाउनु पर्ने, आफुहरूले बुनेका डोका, भकारी विक्री गर्न बाहै महिना यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने छ । यसैगरी गाँउलाई चेपाङ पर्यकट क्षेत्र बनाउन पूर्वाधार निमार्णमा सहयोग गर्नुे र हामी ब्रसबाङमै बस्दै आयौ र बसिरहनु पर्ने हो भने ब्रुसबासलाई चेपाङ संरक्षण क्षेत्र घोषण गरियोस् सहितका माग राखेका छन् ।
ब्ुसबाङ चेपाङ समुदायमा फियान नेपालले २०७२ सालदेखि समुदायको सवालमा आधारित क्षमता विकास तथा पैरवी कार्यमा सहजिकरण तथा समन्वय गर्दै आइरहेको छ । मुख्य मन्त्री पाण्डे संविधान सभा सदस्य रहदाँ २०७३ साल मंसिर २४ गते धादिङबेंसीमा चेपाङ समुदायले भेटेर माग पत्र पेसेपछि गरेपछि त्यहाँ खानेपानी, सडक, बत्ती, स्वास्थ्य, शिक्षा खर्च गर्ने बजेटले बस्ती स्थानान्तरण गर्दा खानेपानी, सडक, बत्ती, स्वास्थ्य, शिक्षासहित रोजगारीमा सहज उपलव्ध हुने ठाउँमा बस्ती स्थानान्तरण गर्न उपयुक्त हुने बताएका थिए ।
मंसिर २५ गते गाउँमा सबैसँग छलफल गरेर बस्ती सार्न सहमत गराउनु भएको थियो । त्यस्तै गरी २०७४ साल भदौ १८ गते जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपालले पनि स्थलगत अनुगमन गरेर तपाईंहरू बेंसी सर्नुपर्छ भनेका थिए । २०७४ पुष १७ गते समन्वय समिति प्रमुख नेपाल, बेनीघाट रोराङ गाँउपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी(हरि), प्रमुख जिल्ला अधिकारी सहित गएर पानी ल्याउन सकिदैन बस्ती नै सार्ने निदो गरेकय थिए । त्यस पछि २०७६ साल जेठ ११ गते माननीय भूमि प्रसाद त्रिपाठीज्यू, जिल्ला समन्वय समिति प्रमुख, पालिका अध्यक्ष, सहायक प्रमुख जिल्ला अधिकारीले ब्रुसवाङमै पुगे सर्न तयार रहन आग्रह गरेका थिए । पालकिा अध्यक्ष डल्लाकोटीले त दसंै नयाँ ब्रुसबाङ मान्ने हो, बेंसी झर्न तयार भएका थिए । जिल्ला समन्वय समिति प्रमुख नेपालले तपाईंहरूको पुरानो ब्रुसबाङ तपाईंहरूको हुने र नयाँ ब्रुसबाङ जग्गा घरसहित खानेपानी, विजुली, सडक, विद्यालय, सेवासुविधायुक्त नयाँ घर पाउने भन्नेका थिए । त्रिपाठीले बस्ती स्थानान्तरण गर्न आवश्यक सहयोग हुने बताए ।
जिल्ला समन्वय समिति धादिङबाट बेनीघाट रोराङ गाउँपालिकालाई जग्गा किन्न एक करोड दिएको जानकारी पायौ । गाँउपालिकाले पनि जग्गा किन्न २०७६ कात्तिक २२ मा सूचना निकाल्यो । जग्गा किन्न जग्गा मूल्य गरी हाम्रो नागरिकता पनि संकलन गरिसकेपछि लेखापढि हुदै गदाँ जग्गा किन्ने काम रोकियो र हामी अलपत्र पारियौ । अहिलेसम्म हामीलाई झुक्याउने काम मात्र भयो । हामीले न खानेपानी पायौ न नयाँ बस्ती सर्न पायौ । हामीलाई आश्वासन होइन । कि बस्ती सार्नु प¥यो कि खानेपानीको ब्यवस्था हुन प-यो माग पत्रमा उल्लेख गरेका छन् ।
माग पत्र बुझ्दै आफूलाई सवालको बारेमा र समुदायसँग साक्षत्कार गरेका बारेमा ताजा स्मरण रहेकाले केही समयमा जानकारी गराउने मुख्य मन्त्री पाण्डेले बताए ।