इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच सम्झौता

इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जसँग रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।
सम्झौता पश्चात कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरमार्फत सरल रुपमा नेपाल पैसा पठाउन सक्नेछन् ।
अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सकिनेछ । यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।
अलदार एक्सचेन्जको अलदार वर्कर्स एपबाट पनि चाँडै इसेवा मनी ट्रान्सफरको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।