टक्सार विभागमा असर्फी किन्नेको भीड

नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागमा असर्फी किन्नेको भीड लागेको छ ।
तिहारमा बिक्रीका लागि विभागले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको घुइँचो लागेको हो । असर्फी किन्नका लागि विभागले कोटा निर्धारण गरेको हुन्छ ।
टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार २१९ निर्धारण गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार विभागले दसैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।