पर्यटक आगमनमा सुधार हुँदै «

पर्यटक आगमनमा सुधार हुँदै


सन् २०२१ को जनवरीदेखि अक्टोबरसम्म १ लाख १ सय ४८ पर्यटक नेपाल भित्रिएका छन् ।
पछिल्लो १० महिना अर्थात अक्टोबरसम्ममा नेपालमा २३ हजार २ सय ८४ जनाले नेपाल भ्रमण गरेका छन् । यो तथ्यांकसँगै नेपाल भ्रमण गर्ने पर्यटक आगमनमा आंशिक सुधार भएको हो । सेप्टेम्बरमा मात्र ९ हजार ८ सय ९८ जनाले भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को अक्टोबरमा सबै भन्दा बढी भारतबाट ८ हजार ७ सय २६ र दोश्रोमा अमेरिकाबाट ४ हजार ७ सय ११ र तेश्रोमा बेलायतबाट १ हजार ३ सय ८१ जनाले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१९ को अन्त्यमा चीनबाट फैलिएको कोभिड–१९ का कारण पर्यटक आगमनमा प्राय शून्य थियो । विगतमा चीनबाट नेपाल भ्रमण गर्ने पर्यटकको आगमन संख्या दोश्रो स्थानमा रहेको थियो । तर पछिल्लो समय कोभिड–१९ कारण चीनले पर्यटन गतिविधि कम भएपछि नेपालमा पर्यटनक आगमनमा अमेरिका दोश्रो स्थानमा उक्लिएको हो । सार्क राष्ट्रबाट ९ हजार ४ सय २०, एसियाबाट ७ सय ३१, यूरोपबाट ५ हजार ४ सय १९ सहित अन्य देश गरेर कुल ३२ अजार २ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०१९ को अन्त्यबाट चीनमा फैलिएको कोेभिड–१९ का कारण विश्वभर पर्यटन गतिविधि र आगमनमा प्रतिबन्धका कारण पर्यटन क्षेत्र सुस्ताएको थियो । सन् २०१९ मा ११ लाख ५२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल भ्रमण गरेका थिए । सरकारले २० लाख पर्यटक ल्याउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको भएपनि सन् २०१९ को अन्त्यबाट फैलिँदै गएको कोभिड–१९ (कोरोना भाइरस) का कारण पर्यटक आगनमा बन्द भयो भने सरकारले भ्रमण वर्ष समेत स्थगन गर्नु परेको थियो ।


पर्यटक संख्या
जनवरी ८८७४
फेब्रुअरी ९१४६

मार्च १४९७७
अप्रिल २२४५०
मे १४६८
जुन ११४३
जुलाई २९९१
अगस्ट ५९१७
सेप्टेम्बर ९८९८
अक्टोबर २३२८४

प्रतिक्रिया दिनुहोस्