१ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको उद्घाटन «

१ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको उद्घाटन

सोलुखुम्बु-सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित सवान खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । नगरपालिकाको पहलमा सङ्घिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभागको भ्या सहित १ करोड ३२ लाखको लागतमा बनेको झोलुङ्गे पुलको मेयर नाम्गेल जाङ्बु शेर्पा र टाक्सिन्दुका वडाध्यक्ष छोङ्वाले उद्घाटन गरेका हुन् ।
पुलले सत, यापेल र फुलेलीलाई जोड्नेछ । कार्यक्रममा मेयर नाम्गेल जाङ्बु शेर्पाले नगरको बिकासले फड्को मारेको बताए । झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सहजता हुने बताउँदै आफ्नो नेतृत्वले नगरको दिगो विकासलाई प्राथमिकता दिएको दाबी गरे ।
आफू निर्वाचित भएपछि दर्जनौं स्थानमा झोलुङ्गे र मोटरेबल पुल बनाएको उनले बताए । टाक्सिन्दुसम्म आइपुग्ने सडक स्तरोन्नति सगै कालोपत्रे एडिबीको सहकार्यमा काम अघि बड्ने बताए । टाक्सिन्दु र जुभिङ जोड्ने मोटरेबल पुलको कामका लागि पनि छिट्टै सुरु हुने जानकारी दिए ।
त्यसका लागि निर्माण कम्पनीको ध्यानाकर्षण गराइरहेको बताए । टाक्सिन्दुमा नेपाल टेलिकमको फोर जि सहिको सेवा विस्तार हुनु पनि सुखद् कुरा भएको मेयर शेर्पाले बताए । वडाध्यक्ष छोङ्बा लामाले इच्छा बिना कुनै पनि काम गर्न नसकिने बताए ।
वडाको बिकासमा उल्लेखनीय काम भएको भन्दै आगामी दिनमा गुणस्तरीय कामलाई प्राथमिकता दिने बताए । साथै राजनीतिक प्रतिशोधको आधार मा विभेद नगरी बिकास गरेको दाबी गरे । वडा सदस्य उत्रमान राइले ठूलो संघर्षका साथ झोलुंगे पुल निर्माण गरिएको बताए ।
नगरकार्यपालिका सदस्य सरिता राइले चुनावी वाचा पूरा गर्दै नागरिकको माग र चाहाना अनुसार बिकास गरिरहेको बताइन । काङ्ग्रेसका युबा नेता सुर्य कुलुङले पुलको दिगोपना सरक्षणमा ध्यान दिन आग्रह गरे । नेपाल दलित संघका केन्द्रीय सदस्य धर्मबहादुर नेपालीले छोटो समयमा गुणस्तर पुल बनेको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्