सानिमा बैंकको १७ प्रतिशत बोनस सेयर पारित

सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९४ नगद लाभांश दिने निर्णय गरेको छ । बैंक्को सोमबार सम्पन्न १७औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।
कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै अधिकतम सेयरधनीहरुको उपस्थितिका लागि भर्चुअल माध्यमको व्यवस्थासमेत गरिएको थियो ।
बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा. केशवप्रसाद आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६०.७५ अर्ब, कुल निक्षेप १३०.८८ अर्ब तथा खुद कर्जा सापटी १२३.१७ अर्ब रहेको छ । आव २०७६/०७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।