काल्र्सबर्ग गल्फ सिरिज् २०१७ को दोस्रो सिरिज् सुरु «

काल्र्सबर्ग गल्फ सिरिज् २०१७ को दोस्रो सिरिज् सुरु

काल्र्सबर्ग गल्फ सिरिज् २०१७ गल्फिङ इभेन्टको दोस्रो सिरिज्को सुरुवात भएको छ । ३ वटा सिरिज्को यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरूको कडा प्रतिस्पर्धा देखिने जनाइएको छ ।

३ वटा सिरिज् मध्येको दोस्रो सिरिज्को सुरुवात हिजो भएको थियो भने पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केही महिनामा हुनेछ । आफ्नो होम क्लबहरूको भ्यालिड ह्यान्डिक्याप भएका देशभरिका उदयमान–गल्फरहरूलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको छ । यो सिरिज् ३÷४ह्यान्डिक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको छ । 

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडीहरू र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीहरूले अंक प्राप्त गर्नेछन् र तीनवटा इभेन्टपछि ग्रस अनि नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ । यसैगरी प्रत्येक एडिसनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप–विजेता, महिलातर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोस्ट बर्डिज्हरूलाई पुरस्कार वितरण गरिनेछ । 

गोर्खा बु्रअरीका उप–प्रबन्धनिर्देशक सुरेन्द्र सिलवालले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरूलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ ।” यस्तै, गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले काल्र्सबर्गले गत वैशाख महिनामा गल्फिङ सिजन उत्कृष्ट सुरुवात गरेको थियो ।

गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यले भने, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरूका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्नेछ ।” 

प्रतिक्रिया दिनुहोस्