Logo

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : मुख्यमन्त्री पोखरेल

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले संविधानको मूल्य, मान्यता विपरित गएर प्रदेश सरकारले प्रेस स्वतन्त्रता हनन् हुन नदिने भन्दै ढुक्क हुन पनि पत्रकारहरुलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ, कास्की शाखाले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रक्रियामा गईसकेको मिडियासम्बन्धि विधेयक पत्रकारहरुसँगकै छलफलमा परिमार्जन गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले पत्रकारहरुकै सहयोगमा स्थापित भएको आफू नेतृत्वको प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कानुन नबनाउने बताए । उनले हाम्रो संविधानले प्रेस स्वतन्त्रतालाई स्विकार गरिसकेको हुनाले त्यस विपरित कुनै पनि खालको काम गर्न नमिल्ने समेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्