Logo

साझा संकल्पको रुपमा ‘सबैका लागि खाद्यान्न’

अबको समय भनेको स्वस्थ र दिगो आहारहरू किफायती र सबैका लागि पहुँचयोग्य बनाउनु अत्यावश्यक भइसकेको छ ।

सन् १९७९ देखि सुरु गरिएको विश्व खाद्य दिवस नेपालले मनाउन थालेको चार दशक नाघिसकेको छ । हरेक वर्षको अक्टोबर १६ का दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । यस वर्ष खाद्य तथा कृषि संगठनले ‘खानाका लागि खेतीपाती हाम्रो साझा संकल्प’ भन्ने नारा तय गरेको छ । मूलतः संसारभरिका विभिन्न सदस्य राष्ट्रहरूले उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशको नारा बनाउँछन् । यसमा विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ । यसर्थ समाजमा विद्यमान परम्परागत ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश कृषकहरूलाई कुपोषणबारेमा केही थाहा छैन ।
हालको सहरीकरणको क्रमसँगै अर्थव्यवस्थाको वृद्धिको सुरुवात भइरहेको छ । यसका लागि आधुनिक आपूर्ति, खाद्य भण्डारण, वितरण प्रणाली एकसाथ लैजानुपर्ने हुन्छ । फलतः अस्वस्थ आहारहरू अब विश्वव्यापी रोग र मृत्युका लागि एक प्रमुख जोखिम कारक भएको छ । अबको समय भनेको स्वस्थ र दिगो आहारहरू किफायती र सबैका लागि पहुँचयोग्य बनाउनु अत्यावश्यक भइसकेको छ । अतः मानवका लागि नभइनहुने खाना स्वस्थ आहारका लागि सुझावहरूमा सक्रिय जीवन बिताउन र रोगको जोखिम कम गर्न पर्याप्त, सुरक्षित, पौष्टिक र विविध खाद्य पदार्थहरू खानुपर्ने हुन्छ । यसमा पनि कुपोषणको विभिन्न रूपहरू छन् । त्यसलाई बेलैमा निराकरण गर्न लाग्नुपर्छ । यसका लागि विश्वस्तरमा नै खेतीपातीको कर्मलाई हाम्रो साझा संकल्पका रूपमा अगाडि बढाउँदै लैजानुपर्ने स्थिति खट्किएको छ । त्यस्तैगरी कुपोषणले पनि तीन जनामध्ये एक जनालाई असर गरिरहेको छ । यसका साथसाथै विविध कारणले गर्दा बढी वजन र मोटोपन हुनसक्छ । एक अस्वस्थकर आहार हृदयरोग, मधुमेह, क्यान्सर आदिको कारण हुन सक्छ ।
त्यस्तै गरी अर्को संक्रमित रोगहरूबाट पनि मृत्यु हुन सक्छ । अपितु मोटोपन घटाउन विश्वमा २ खर्ब अमेरिकी डलरसम्म खर्च गरिएको छ । यसमा के कारण भइरहेको छ भन्ने कुरालाई हेर्ने हो भने भूमण्डलीकरण, सहरीकरण र आयवृद्धिको परिणामस्वरूप नाटकीय रूपमा हाम्रो आहार र खाने बानीहरू परिवर्तन भएको हुनाले यस्तो भएको हो । यसरी खानेकुरा खाँदा मौसमी बोटमा आधारित र फाइबरयुक्त पक्वानलाई प्राथमिकता दिनुपर्छ, जसमा उच्च क्यालोरी पाइन्छ । मानिसहरूले घरमा आफूलाई चाहिने खाना आफैंले तयार गरेर खाएको खण्डमा स्वस्थकर हुन्छ । यसरी उपभोक्ताहरू विशेष गरी सहरी क्षेत्रहरूमा, बढ्दो सुपर मार्केटहरू, फास्टफुड आदि छन् । त्यस्तो किसिमको खानाले शरीरलाई बेफाइदा गर्छ । यी सबै कारणले गर्दा धेरैजसो विश्वमा स्वस्थ आहारहरूमा उपलब्धता र पहुँचको ग्यारेन्टी गर्नु एउटा ठूलो चुनौती भइसकेको छ । यसमा पनि सीमित वित्तीय स्रोत–साधनका कारणले मानिसहरू कृषि उत्पादनलाई राम्ररी व्यवस्थापन गर्न सकिरहेका छैनन् । यसका अतिरिक्त बेलाबेलामा हुने द्वन्द्व, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्रभावका कारण पनि यस्तो हुन गएको देखिन्छ । जहाँ ग्रामीण क्षेत्रमा धेरै संख्यामा साना स्तरका कृषकहरू बस्छन्, उनीहरूका लागि ताजा र पौष्टिक खानाको अभाव हुन्छ ।
यी विविध कारणहरूले गर्दा खेतीपातीको उत्पादन, आपूर्ति र उपभोग गर्ने तरिकाको पनि परिवर्तन गर्न आवश्यक भइसकेको छ । त्यसैगरी जैविक विविधताका कारणले गर्दा पनि धेरै खाद्यान्नका प्रजातिहरू लोप हुने अवस्थामा पुगिसकेका छन्, जसले गर्दा हाल विश्वको परिप्रेक्ष्यमा हेर्ने हो भने गहुँ, मकै र चामलको खाद्यान्नमा मात्र निर्भर रहेका छन् । यसका साथसाथै कुपोषणका लागि समाजले बढीभन्दा बढी लगानी गर्नुपर्ने स्थिति भएको छ । विश्वका प्रत्येक पाँच वर्षमुनिका चार बालबालिकामध्ये एक जना कुपोषणले ग्रसित छन् । यस्ता खालका बालबालिकाहरू संसारमा १६ करोड ५० लाख छन्, जो सामान्य शारीरिक र मानसिक रूपमा क्षमतावहन गर्न सक्दैनन् । त्यसरी नै विश्वमा झन्डै २ अर्ब मानिस अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न बाध्य भएका छन् । त्यसैगरी विश्वमा १.४ अर्ब मानिस मोटापनको सिकार हुन पुगेका छन्, जसमा लगभग एकतिहाइ धेरै मोटा व्यक्तिहरू रहेका छन् । उनीहरूमा मुटुसम्बन्धी समस्या छ, खासगरी मधुमेह र अन्य शारीरिक समस्याबाट ग्रसित रहेका छन् । कुपोषणले गर्दा विश्व अर्थतन्त्रको आय ५ प्रतिशतले घट्ने कुपोषणमा खर्च हुने गर्छ । त्यसलाई अर्को शब्दमा भन्नुपर्दा ३ खर्ब ५० अर्ब डलर खर्च हुन्छ वा ५ सय डलर प्रतिव्यक्ति खर्च हुने गरेको छ । यसरी समाजमा विद्यमान कुपोषण हटाउनु ज्यादै चुनौतीपूर्ण कार्य हो । तर, यसको प्रतिफल लागतभन्दा बढी छ ।
कुपोषण हटाउन विश्व समाजले प्रतिवर्ष १२ करोड डलर पाँच वर्षका लागि खर्च गरेका छन् र यसबाट वार्षिक लगभग १५.३ बिलियन डलर फाइदा हुन्छ । यसको सही प्रयोग हेर्ने हो भने १३ गुणाले फाइदा भएको देखिन्छ । यसरी स्वस्थ आहार र गुणात्मक खानाले मात्र सन्तुलित भोजन हुन सक्छ । विश्वभरका खाद्य विशेषज्ञहरूले विभिन्न किसिमका फलफूल, ताजा तरकारी आदिको दैनिक सेवनबाट नै स्वस्थ शरीर निर्माणका लागि सहयोग पुग्ने कुराहरू औंलाएका छन् । तसर्थ कुपोषणका मूल कारण धेरै छन् र व्यापक क्षेत्रमा रहेको छ, जसलाई सामाजिक, आर्थिक, राजनीतिक र भौतिक वातावरण आदि क्षेत्रमा रहेको छ । यसका लागि सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रमा, प्राकृतिक संसाधन प्रवद्र्धन, कृषि र खाद्य प्रणालीमा समेत उपाय अपनाएर यस्ता समस्याहरूलाई बेलैमा निराकरण गर्नुपर्ने हुन्छ । अतः अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने कुरामा जोड दिइएको छ । यसमा पनि पर्याप्त पोषणको अभावमा केटाकेटीहरूको स्वास्थ्यमा समस्या आउने गरेको उल्लेख गर्दै त्यसले भविष्यमा उनीहरूको कार्यक्षमतामै प्रतिकूल असर पर्ने विश्व खाद्य कार्यक्रमको कार्यकारी निर्देशक इर्थरिन कोपसिनले जनाउनुभएको छ । यस पोषणयुक्त खानामा अहिलेको लगानी प्राथमिकताले भोलिको सामूहिक विश्वलाई राम्रो बनाउने भन्दै उहाँले लगानी खानाका साथै कृषि, स्वास्थ्य र शिक्षामा पनि हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
अन्त्यमा, विश्व खाद्य तथा कृषि अनाजका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्य संकट हो । यसमा थोरै जमिनमा पनि मौसम तथा बेमौसमी खेती गरी धेरै उत्पादन गर्न सकिन्छ । खाद्यको मितव्ययी प्रयोग गर्नु आजको आवश्यकता रहेको छ । यसमा पनि स्वस्थ खानाका आहार प्रदान गर्न र वातावरणको सुरक्षाका लागि विभिन्न प्रकारका खाद्य पदार्थहरू महत्वपूर्ण हुन्छन् । यसरी हरित क्रान्तिपछि आधा शताब्दीअघि कसरी बढ्दो विश्व जनसंख्यालाई खुवाउने भन्ने चिन्ताको कारण हरित क्रान्ति भयो, जबकि कृषि उत्पादन र खाद्यान्न वितरणमा तीव्र विस्तार भयो, जसले गर्दा अर्बौं मानिसलाई भोकमरीबाट रोक्न मद्दत पुगेको छ । तर, समयको अन्तरालसँगै कृषि विकास अभ्यासका कारणले प्राकृतिक स्रोतहरू जस्तै माटो, पानी र वायुको गुणस्तरमा सकारात्मक प्रभाव या नकारात्मक प्रभाव के परेको छ, सोहीअनुसार बाली उत्पादन बढ्ने या घट्ने हुन्छ । यसका लागि पनि आजको जल्दोबल्दो जलवायु परिवर्तनले ठूलो प्रभाव पार्छ, जसले गर्दा जलवायु अनुकूल भएको खण्डमा कृषि उत्पादन वृद्धि गर्नमा मद्दत पु-याउन सक्ने छ ।
यसमा युद्धस्तरमा विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए मात्र भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ । यसरी अर्कोतिर हेर्ने हो भने विश्वमा निर्धन देशहरूमा मात्र होइन, धनाढ्य देशहरूमा पनि भोकमरी फैलँदो छ । असमानताको खाडल गहिरिँदो छ । यो चरम गरिबी र बेरोजगारी उग्र वेगमा उकालो लागिरहेको छ । स्वयं राष्ट्रसंघका वैज्ञानिकहरूले पनि अहिलेको परिस्थिति विषम हुँदै गएको बताएका छन् । उनीहरूले प्रस्तुत गरेको तथ्यांकअनुसार, कोरोना संक्रमणपछि ८१ करोड १० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । विश्वभर झन्डै २ अर्ब ४० करोड मानिस खाद्यान्नको अभावमा कुपोषणले थलिन सक्ने आकलन गरेका छन् । झन्डै ३ करोड ८० लाख मानिस परिवारजनको पेट भर्नै असमर्थ भइसकेका छन् । त्यसै गरी हाम्रो देशको कुरा गर्ने हो भने खाद्यसंकट उत्पन्न हुनुको प्रथम कारण जलवायु परिवर्तन हो । यसका कारण अहिले विश्वमा खाद्य उत्पादन अत्यन्तै न्यून हुँदै गएको छ । प्रतिकूल असर पार्ने सबैभन्दा प्रमुख कारक तŒवका रूपमा अहिले जलवायु परिवर्तनलाई मानिएको छ । एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश देशले खाद्यान्न र पिउने पानीको अभाव झेल्नुपरिरहेको छ । त्यसरी नै जलवायु परिवर्तनकै कारण विश्व तापक्रममा भएका वृद्धिले नेपाल, भारत, अफगानिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा हिमाल पग्लने, बाढी, पहिरो, खडेरी र बेमौसमी तथा असन्तुलित वर्षाजस्तो प्राकृतिक प्रकोपका कारण खाद्यान्न उत्पादनमा कमी आइरहेको छ ।
अर्को दोस्रो प्रमुख र जल्दोबल्दो कारण भूमिको असमान वितरण पनि हो । यसरी प्राप्त जानकारीअनुसार करिब ४७ प्रतिशत कृषक परिवारसँग जम्मा ५ प्रतिशत मात्र जमिन छ भने धनी किसानहरूले ३७ प्रतिशत जमिन ओगटेर बसेका छन् । यसरी ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग एक हेक्टरभन्दा कम भूमि छ, जसबाट हुने उत्पादनले वर्षभरिको खाद्य आवश्यकता परिपूर्ति गर्न सक्दैन । त्यसमाथि बढ्दो अव्यवस्थित सहरीकरणसँगै जग्गाको खण्डीकरण बढ्ने क्रमले दिन दुई गुना र रात चौगुनाको दरले खेतीयोग्य जमिनमा भौतिक संरचनाहरू निर्माण भइरहेका छन् । यसका साथसाथै केही वर्षयता आएर बचेखुचेको त्यही खेतीयोग्य जमिनको माटोमा पनि अम्लीयपन बढिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । अतः विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्यान्न कमी हुँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । यसरी कृषि उत्पादन क्षेत्रहरू विकास हुन नसकेको कारणले गर्दा खाद्यान्न संकट दिनपरदिन बढ्दो रूपमा रहेको छ । यसलाई परिपूर्ति गर्ने हो कृषिका विविध निकायहरूको सुधार गरी सबैलाई पुग्ने खाना तयार गर्नुपर्ने आज सबैको चासोको विषय पुग्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्