टीभीएस रेडर मोटरसाइकलको नयाँ मोडल नेपालमा बुकिङ खुल्ला «

टीभीएस रेडर मोटरसाइकलको नयाँ मोडल नेपालमा बुकिङ खुल्ला

शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्सले १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।
सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स प्रालिले आइतबारबाट नयाँ टीभीएस रेडरका लागि बुकिङ खुल्ला गरेको जनाएको छ ।
नयाँ बाइक सार्वजनिकको अवसरमा टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले नेपालका ग्राहकलाई लक्षित गरी कम्पनीले अत्याधुनिक सुविधासहित नयाँ डिजाइनको मोटरसाइकलको बजारमा ल्याएको बताए । “हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौं” उनले भने, “नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १ सय २५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौं ।”
टीभीएस मोटरका श्रेणीकै उत्कृष्ट पछिल्ला प्रस्तुतिहरुका लागि झैं टीभीएस रेडरका लागि पनि नेपाली उपभोक्तामार्फत सकारात्मक प्रतिक्रिया प्राप्त हुने विस्वास लिएको कम्पनीले जनाएको छ ।
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ । यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको कम्पनीले दावी गरेको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ ।
टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयल कुल्डअत्याधुनिक थ्रीभी ईञ्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।

प्रतिक्रिया दिनुहोस्