चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड «

चाबहिल तरकारी बजारमा सन्राइज बैंकको क्यूआर कोड

सन्राइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ ।
तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका हुन ।
उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीे खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरुको सहजताका लागि बैंकले बजार परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्