स्ट्याण्डर्ड चार्टर्डले शून्य कार्बन उत्सर्जन गर्ने «
Logo

स्ट्याण्डर्ड चार्टर्डले शून्य कार्बन उत्सर्जन गर्ने

स्ट्याण्डर्ड चार्टर्ड (समूह) ले सन् २०५० सम्ममा आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्वाकांक्षी नयाँ लक्ष्य घोषणा गरेको छ । जसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रहरूका लागि अन्तरिम २०३० लक्ष्यहरू समावेश रहेको समूहले जनाएको छ ।
“समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध छ” जारी विज्ञप्तिमा भनिएको छ ।
५९ फुटप्रिन्ट बजारमध्ये ३३ वटामा सन् २०५० सम्ममा नेट शून्यमा पुग्ने प्रतिबद्धता समुहले गरेको छ ।
विकासोन्मुख देशहरूलाई उनीहरूको विकास र समृद्धिको अवसरबाट वञ्चित नगरी जलवायु उद्देश्यहरू पूरा गर्न न्यायपूर्ण संक्रमण हासिल गर्न पुँजी र विशेष सहयोग चाहिने बैंकको ठहर छ । कम–कार्बन प्रविधि अपनाउने सबैभन्दा ठूलो अवसर, र केही कठिन संक्रमण–वित्त र जलवायु चुनौतीहरू दुवै भएका बजारहरूमा पुँजी निर्देशित गरेर मद्दत गर्न स्ट्याण्डर्ड चार्टर्ड प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्