मनकामना केबलकारका कर्मचारीको हरेक महिना कोभिड परीक्षण «

मनकामना केबलकारका कर्मचारीको हरेक महिना कोभिड परीक्षण

मनकामना केवलकारमा कार्यरत कर्मचारीलाई हरेक महिना कोभिड १९ परीक्षणको व्यवस्था मिलाएको छ ।
कोभिड १९ नियन्त्रण सर्तकता तथा कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे अस्पतालसँगको सहकार्यमा कोरोना परीक्षणको व्यवस्था मिलाएको मनकामना केबलकार सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । कम्पनीमा कार्यरत कर्मचारीहरु कोभिड १९ विरुद्धको खोप लगाइसकेका र आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्