महालक्ष्मी लाइफको लिडर्स समिट «

महालक्ष्मी लाइफको लिडर्स समिट

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ ।
सम्मेलनमा देश भरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बिमा अभिकर्ता सहभागीे थिए । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच पु¥याउने बारेमा छलफल भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा बिमालाई व्यवसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा अभिमुखीकरण गरिएको थियो । निम्न वर्गमा बिमाको पहुँच वृद्धि गर्न तथा युवा वर्गमा बिमा सम्बन्धि जनचेतना वृद्धिका लागि ‘युवा संग–महालक्ष्मी लाईफ’ कार्यक्रमलाई अझै प्रभावकारी रुपमा गाउँगाउँमा पु¥याउने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्