Logo

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो सम्पन्न गर्न निर्देशन


कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।
आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनका लागि निर्देशन दिएका हुन् । उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता व्यक्त गरे ।
विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउनका लागि निर्देशन दिँदै उनले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार गर्न तयार रहेको स्पष्ट पारे । उनले भने, “यो एयरपोर्ट अविलम्बै चालू होस् । त्यसका लागि नेपाल सरकारले गम्भीरतापूर्वक आफ्ना कदम अगाडि बढाउने छ । यो एयरपोर्टको माध्यमबाट हामी अन्तर्राष्ट्रिय उडान भर्न चाहान्छौं ।
त्यसका लागि अविलम्ब छिटोभन्दा छिटो यसको उद्घाटन हुनेछ र एयरपोर्ट चल्नेछ । र दोस्रो फेजको जुन हाम्रो मास्टरप्लान छ, यसको क्षमता अभिवृद्धिका लागि त्यो पनि प्रारम्भ हुनेछ । त्यसका बारेमा विभिन्न चर्चा, परिचर्चा चलिराख्या छन् । तर नेपाल सरकार, सम्बन्धित मन्त्रालय, यसको मास्टरप्लानअनुसार नै यसलाई अझै फराकिलो, धेरै यात्रु सहजतापूर्वक आउन जानसक्ने खालको बनाउने हाम्रो प्रतिबद्धता छ ।
त्यो हामीले अगाडि बढाउने छौँ । त्यसका लागि नेपाल सरकारले, मन्त्रिपरिषद्ले, सम्बन्धित मन्त्रालयले के सहयोग गर्नुपर्छ, के निर्णय गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ नेपाल सरकारको तर्फबाट हार्दिक आग्रह गर्न चाहान्छु ।”
कार्यबाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे । उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालका लागि सम्पदा रहेको उल्लेख गरे । उनले भने, “उनको योगदान, त्याग बलिदान, समर्पण, सामन्जस्यता र समन्वय जो मानवीय सभ्यताका लागि महत्वपूर्ण कार्य छन् ।
ती सबै नेपालीका लागि अनुकरणीय, अनुपम, उल्लेखनीय विषयवस्तु हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी हो । गौतम बुद्धको जन्म नेपालमा भएको हो यो कुरा अहिले संसारभरि स्थापित भएको छ । बुद्धको उपदेशहाई कसरी हामीले संसारभरि पु¥याउने, बुद्धका उपदेशलाई कसरी हामीले आफ्नो जीवनमा अनुशरण गर्ने ?, त्यसका लागि हामी सबै संवेदनशील बन्नुपर्दछ भन्ने पनि म आग्रह गर्न चाहान्छु ।
उहाँको योगदान, त्याग बलिदान, समर्पण, सामन्जस्यता र समन्वय जो मानवीय सभ्यताका लागि महत्वपूर्ण कार्य छन् । ती सबै नेपालीका लागि अनुकरणीय, अनुपम, उल्लेखनीय विषयवस्तु हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी हो । गौतम बुद्धको जन्म नेपालमा भएको हो यो कुरा अहिले संसारभरि स्थापित भएको छ । बुद्धको उपदेशलाई कसरी हामीले संसारभरि पु¥याउने, बुद्धका उपदेशलाई कसरी हामीले आफ्नो जीवनमा अनुशरण गर्ने ?, त्यसका लागि हामी सबै संवेदनशील बन्नुपर्दछ भन्ने पनि म आग्रह गर्न चाहान्छु ।’
उनले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानलाई सरकारले राहत दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्