बुद्ध दर्शनलाई दैनिक जीवनमै आत्मसात् गरौं : राष्ट्रपति भण्डारी «

बुद्ध दर्शनलाई दैनिक जीवनमै आत्मसात् गरौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गर्दै अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छिन् ।
आइतवार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमुर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन् । नेपालीहरु आपसमा सद्भाव साथ मिलीजुली बसी विश्व समुदायलाई नै अंहिसा र शान्तिको सन्देश दिइरहेको उनको भनाइ छ ।
राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकिय क्षेत्र बनाउनुपर्नेमा जोड दिइन् । यसो गर्दा स्थानीय समुदायको जिवनमा पनि समृद्धि हासिल हुने उनको भनाई छ । उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन् ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्राचीन कलासहितको नेपाली बिहार निर्माण गरिएको छ । नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाबिहार निर्माण गरिएको हो । लिच्छविकालीन तथा मल्लकालीन काष्ठकला र कलाकृतिले सजिएको बिहार करिब १६ करोड लागतमा निर्माण भएको हो ।
सो कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गर्न निर्देशन दिएका छन् ।
कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउन निर्देशन दिएका हुन् । उनले सो विमानस्थललाई मास्टर प्लान अनुसार नै बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यवाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु-याउन र आफ्नो जिवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे । उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालको लागि सम्पदा रहेको उल्लेख गरे ।
कार्यवाहक प्रधानमन्त्री खाँडले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भोगेका किसानहरुलाई सरकारले राहत दिने पनि आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्