एआईमा काम गर्न सेन्जेनमा गुगलको कार्यालय

अमेरिकन प्रविधि कम्पनी गुगलले चिनियाँ सहर सेन्जेनमा कार्यालय खोलेको छ । चीनमा पहिलो कृत्रिम बौद्धिकता(एआई)को प्रयोगशाला खोल्ने योजना बनाइरहेको घोषणा गरेको एक महिना पछि गुगलले चीनको सेनजेनबाट आफ्नो विस्तार गर्न गरेको हो ।
सेन्जेन सहर हङकङको सीमासँग जोडिएको क्षेत्र हो । यो सहर विश्वव्यापीरूपमा हार्डवेयरको केन्द्रको रूपमा परिचित छ । प्रविधि सम्बन्धि समाचार साइट टेकक्रन्चले प्राप्त गरेको एक आन्तरिक इमेलबाट यो विषयको खुलासा भएको हो । गुगलको यो परिसर आफ्नो पूर्ण आकारमा नरहेपनि सेवाको सुरूवात गर्न एक क्षेत्र सो कम्पनीका लागि रहेको जनाइएको छ ।
यो समाचारलाई पुष्टि गर्दै एक प्रवक्ताले टेकक्रन्चलाई भने, “हाम्रा धेरै महत्वपूर्ण उपभोक्ता र साझेदार सेनजेनमा छन् । हामीले उनीहरूलाई राम्रो सेवा उपलब्ध गराउन एक इ–सुट अफिसको निर्माण गरिरहेका छौं,” प्राप्त इमेललाई उदृढ गर्दै समाचारमा भनिएको छ, “हेलो चाइना गुगलर्स म विश्वास गर्छु सन् २०१८ मा एक महान सुरूवात छ । हामीले सेनजेनमा खोलेको कार्यालय तपाईहरूका लागि काम गर्न हौसला प्रदान गर्नेछ ।” चीनमा गुगलरहरूको संख्या ठूलो रहेको र उनीहरूले नियमितरूपमा सेनजेन कार्यालयको भ्रमण गर्न सक्ने गुगलको मेलमा प्रष्ट पारिएको जनाइएको समाचारमा जनाइएको छ ।
सेनजेन टेनसेन्टको गृह क्षेत्र हो । चिनीया च्याट एप वीच्याटसम्बन्धी यो प्रतिष्ठान लगानी ५०० अर्ब अमेरिकी डलर बराबरको छ । यो सहरमा ह्याक्स कार्यक्रमलाई हार्डवेयर सञ्चालन गर्ने कम्पनी पनि छ । “हामीले यो क्षेत्रमा काम गर्न एक कार्यालयको स्थापना गर्नुपर्ने आवश्यकतासम्बन्धी सुझाव पाएका थियौं त्यसैले केही महिनाको प्रयासपछि हामीले सेनजेनमा एक कार्यालय खोल्न लिजमा सम्झौता गर्येउ ,” इमेलमा भनिएको छ, “हामीले कार्यालय यो साता खोल्यौं र यो सञ्चालन हुन गइरहेको छ ।यो कार्यालयले गुगलरहरूलाई यो क्षेत्रमा कार्य गर्न सहज हुनेमा हामी आशावान छौं ।” चीनमा गुगलले संघाई र बेइजिंगमा कार्यालय यसअघि सञ्चालनमा रहिआएका छन् ।
एआईमा आधारित प्रयोगशालाका लागि सर्च जायन्टको लागि काम गर्नुपर्ने आवश्यकता रहेको छ । त्यसले चीनमा बढदो एआई पुल र क्लाउड सिग्नलका लागि विकासमा ध्यान दिनुका साथै त्यससम्बन्धी उत्पादनलाई विस्तार गर्छ । यसैगरी गतवर्ष चीनमा गुगल ट्रान्सलेन्टलाई पुन गरेको थियो । यसले गुगललाई चीनमा फर्काउन सहयोग पुरायो । सेनजेनमा गुगलको उपस्थितिले गुगलको व्यवसायलाई बढाउने बताइन्छ । सेनजेनमा खोलएको नयाँ कार्यालयले यसका कामदारहरूलाई सहरमा रहेर काम गर्न उत्साह प्रदान गर्ने विश्वास कम्पनीको छ । गुगलको टोलीलाई यसको प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ भने गुगलले होटल र सार्वजनिक क्षेत्रमा काम गर्न निर्णय गरेको छ । चीनमा गुगलको बिक्री टोली, हार्डवेयर टोली, स्रोत उपलब्ध गराउने टोलीलाई यो कार्यालयबाट स्थायीरूपमा फाइदा पुग्ने देखिएको छ ।
सेनजेनमा आधारित गुगलको यो कार्यालयले एचटीसी स्मार्टफोनको व्यवसायलाई १.१ अर्ब अमेरिकी डलरको सम्झौताबाट किन्न पाउने हैसियत प्रदान गर्छ । प्राप्त सूचना अनुसार गुगलले हार्डवेयरसम्बन्धी कार्य चीनमा अगाडी बढाउने भएको छ । एक वर्ष अघि संघाईमा रहेको हार्डवेयर इन्जिनियरहरूको संख्या २० बाट बढाएर गुगलले १०० भन्दा पु¥याएको छ । साझेदार बेन्जामिन जोफले टेकक्रन्चलाई भनेका छन्, “सेनजेनमा गुगलले यसका उत्पादनहरू बनाउने र विस्तार गर्ने अपेक्षा गरेको छु ।” उनले एपल, अमेजन र अन्य कम्पनीहरूसँग गुगलरहरूलाई प्रतिस्पर्धा गर्ने हैसियतमा पुराउन गुगललाई आफ्नो उत्पादनको विस्तार गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।