अस्पताल र स्वास्थ्य संस्थालाई बैंक अफ काठमाण्डूको सहयोग «

अस्पताल र स्वास्थ्य संस्थालाई बैंक अफ काठमाण्डूको सहयोग

बैंक अफ काठमाण्डूले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत देशभरिका विभिन्न स्वास्थ्य संस्थनहरुमा सुरक्षा सामग्री सहयोग गरेको छ ।
प्रदेश–१ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश–२ अन्र्तगत सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदूरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई बैंकको प्रतिनिधीले सो सामग्री हस्तान्तरण गरेका हुन् ।
बैंकले समाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, दैवी प्रकोप, वित्तीय साक्षरता लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्