आउँदैछ ३.२ गिगापिक्सेलको क्यामरा «

आउँदैछ ३.२ गिगापिक्सेलको क्यामरा

विश्वमा ब्रह्माण्डको हाइभिफिनेसन तस्वीर खिच्ने क्यामरा छ की छैन होला? यसको उत्तर हो छैन । स्याटेलाइटको सहयोगले ठिक्क गुणस्तरका तस्वीर मात्र खिच्न सम्भव प्रविधि उपलब्ध भइरहे पनि हालसम्म पृथ्वीलाई एउटै फ्रेमभित्र राखेर हाइडिभिनेसनको फोटो खिच्ने क्यामरा हाल नभए पनि तयार भने भैरहेको खबर छ । यो क्यामराले मेगापिक्सेलमा हैन गिगापिक्सेलमा फोटो खिच्नेछ । क्यामराले ३.२ गिगापिक्सेलको फोटो खिच्नेछ ।
एक ड्रोनले खिचेको फुटेजबाट विशाल संयुक्त सर्वेक्षण दूरबीन (फुटेज लार्ज सिनोप्टिक सर्वे टेलिस्कोप) नाम गरेको परियोजनाले यस्तो ठूलो क्यामरा तयार गरिरहेको खुलासा भएको छ । यो परियोजनाका विशाल उपकरणले एक दिन ब्रहमाण्डको फोटो खिच्ने विश्वास गरिएको छ । ब्रहामण्डको सर्वाधिक गहिरो र फराकिलो चित्र यस परियोजनाबाट खिचिने देखिएको छ । यो टेलिस्कोप परियोजनाको निर्माण कार्य सन् २०१५ मा चिलीमा सुरू भएको थियो भने परियोजनाले सन् २०२२ देखि कार्य सुरू गर्ने योजना रहेको बताइएको छ । त्यसपश्चात ब्रह्माण्डको उच्च गुणस्तरको तस्वीर हेर्न पाइनेछ ।
परियोजनाको तीन वर्षपछि अब यसको नयाँ भिडियो सार्वजनिक भएको हो । यो भिडियोमा यो परियोजना पहाडको टुप्पोमा आकार लिन सुरू गरेको देखिन्छ । यो साता लार्ज सिनोप्टक सर्वे टेलिस्कोपको टोलीले सो भिडियो सार्वजनिक गरेको थियो । सो भिडियो परियोजनाको असेम्बली इन्टेग्रेसन भेरिफिकेसन म्यानेजर ज्याक्स सेबागले प्रस्तुत गरेका छन् । यो भिडियो ड्रोनको प्रयोग गरि खिचिएको हो । भिडियो खिचिएको बेला टोलीले यसका सहयोगी ठेकदार बेसाल्कोसँग काम गरिरहेको देखिन्छ । यसमा भवनको उत्तरी क्षेत्रमा चलायमान छानालाई सार्न खोजिएको देखाइएको छ ।
यो निर्माण परियोजनाको समय सीमा सन् २०१९ देखि २०२० सम्मको तोकिएको छ । त्यतिखेर यसमा इन्जिनियरिङ क्षेत्रको पहिला प्रकाश प्राप्त हुनेछ । यो परियोजना सन् २०२२ देखि २०२३ भित्र सञ्चालनमा आउने तय गरिएको छ । लार्ज सिनोप्टिक सर्वे टेलिस्कोप परियोजनाले हरेक राति ८ सय भन्दा बढी फोटो खिच्नेछ । यसले देखिने समग्र आकाशको फोटो सातामा दुई पटक खिच्ने टोलीले जनाएको छ । यो परियोजनामा ३.२ गिगापिक्सेल क्यामरासहितको उपकरण जडान गरिनेछ । यो शक्तिशाली उपकरणका लागि १५ सय हाइडिफिनिसन स्क्रिनको आवश्यकता हुनेछ । यो हाइडिफिनसन स्क्रिनको आवश्यकता यसका तस्वीरहरूलाई एक पटक दर्साउन हुनेछ । यो विशाल क्यामरालाई अन्तरिक्षमा प्रस्तुत गराइनेछ जसले लार्ज सिनोप्तिक सर्वे टेलिस्कोपको केन्द्र तयार पार्नेछ ।
प्रकाशलाई संकलन गरिरहने शक्ति ६.७ मीटर व्यास भएको प्राथमिक ऐनामा जडान हुनेछ । यसले हरेक ३० सेकेन्डको अवलोकनमा मानिसको आँखाले हेर्न नसकिने मसिना १ करोड पटक आकाशीय वस्तुको पता लगाउन सक्नेछ । एक शाक्तिशाली डेटा प्रणालीले यी छविहरूमा देखा परेका पुराना छविहरूको परिवर्तनलाई पता लगाउँछ । ती वस्तुको चमक र वस्तुको अवस्थाबारे यसले अध्ययन गर्छ । यी छविहरू टाढा टाढाका आकाश गंगा (ग्यालेक्सी) र क्षुद्रतारा नजिकका वस्तुको विषयमा यसले अध्ययन गर्छ ।
डीओइको एसएलएसी नेसनल एक्सेलेटर ल्याब्रोटरीमा जडान गरिएको यो क्यामरा लार्ज सिनोप्टिक सर्वे टेलिस्कोपको आँखा हुनेछ । यसले ब्रहामण्डको बारेमा अभूतपूर्व विवरणको खुलासा गर्दै ब्रहामण्डका महानतम रहस्य मध्येका केही विषयहरू बारेमा जान्न सहयोग गरिरहने छ । ऊर्जा विभागले सेप्टेम्बर २०१५ मा यसको निर्माण कार्यको अनुमति प्रदान गरेको थियो ।
क्रिटिकल डिसिजन ३ नामले चिनिने यो कोशेढुंगाको निर्माणलाई क्यामरा निर्माण हुन अघिसम्मको महत्वपूर्ण अनुमतिको रूपमा लिइएको छ । लार्ज सिनोप्टिक सर्वे टेलिस्कोपका निर्देशक स्टिभन कानले भने “अब हामी यसका उपकरण र भवन निर्माणको ठेक्काका लागि अगाडि बढने छौं,” उनले भने, “चिलीको सेरो पाकोन नामक पहाडको टुप्पोबाट राति दक्षिण आकाशका समग्र देखिने छवि डिजिटल प्रविधिबाट लिन सक्ने छौं । यो कार्य सन् २०२२बाट सुरू हुनेछ ।” यो परियोजनाले रात्रिकालिन आकाशको फराकिलो र गहिरो र तीव्रगतिमा सर्वेक्षण गर्नेछ । यसबाट देखिएका टाढा टाढासम्मका विशाल तारा समूह र आकाश गंगाहरूको बारेमा वर्गीकरण कार्य गरिनेछ ।
दस वर्षको कार्यकालमा लार्ज सिनोप्टिक सर्वे टेलिस्कोपले दसौं अर्ब वस्तुको परीक्षण गर्नेछ । पृथ्वीमा बसेर मानिसहरूले दूरबीनको प्रयोग गरी गरेको अध्ययन भन्दा पृथक खालको यो अध्ययन पहिलो हुनेछ । अभूतपूर्व विवरणका साथ यसका छविहरूबाट सिनेमाहरू बन्नेछन् । टेलिस्कोपको क्यामराको आकार साना कारको जस्तो छ । यो तीन टन भन्दा बढी वजन भएको छ । यो क्यामराले हाइ रिसलुसनमा आधारित भइ यो क्यामराले आकाशको पूर्ण तस्वीर खिच्नेछ ।

प्रतिक्रिया दिनुहोस्