धादिङको गजुरीमा नबिल बैंकको बैंकिङ साक्षरता «

धादिङको गजुरीमा नबिल बैंकको बैंकिङ साक्षरता

नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ ।
बैकका सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
साझेदारीमार्फत स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई उद्यमका लागि गाउँपालिकाको सिफारीसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिममा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्