प्रविधिसँगै मुद्रण व्यवसाय रुपान्तरण गर्न माग «

प्रविधिसँगै मुद्रण व्यवसाय रुपान्तरण गर्न माग

मुद्रण उद्योग संघ दाङको सातौं अधिवेसन तथा तेस्रो साधारण सभा घोराहीमा सम्पन्न भएको छ । अधिवेसन उद्घाटन कार्यक्रमका वत्ताहरुले समयको परिवर्तनसँगै व्यवसायलाई पनि परिवर्तन गदै अगाडि बढनु पर्नेमा जोड दिएका छन् । प्रविधिको विकाससँगै मुद्रण उद्योग समस्यामा पर्दै जान थालेको भन्दै यसतर्फ समयमै सचेत हुनु पर्ने उनीहरुको भनाइ छ ।
नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण तिवारीले व्यवसायलाई अगाडि बढाउन योजना निर्माण गरेर लगानी गर्नुपर्ने बताए । “हामीले आफ्नो व्यवसाय अब नयाँ योजनाका साथ अगाडि बढाउनु पर्दछ, समय परिवर्तनसँगै व्यवसायलाई परिवर्तन गर्दै अगाडि बढाउन सक्नु पर्दछ” उनले भने । नयाँ योजनाका साथ अगाडि बढ्न नसक्दा व्यवसाय संकटमा पर्ने उनको भनाइ छ । संघलाई बलियो बनाउन सबै मिलेर अगाडि बढ्नु पर्ने उनले बताए ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पराजुलीले मुद्रण व्यवासय घरासायी हुँदै जान थालेको बताए । प्रविधिको विकासले व्यवसाय घरासायी बन्दै गएको उनले बताए । यसका कारण मुद्रण उद्योगीहरुले गर्ने कामलाई परिवर्तन गर्दै अगाडि बढ्नु पर्ने उनले बताए । सबै मिलेर उत्पादन मूल्य घटाउनतर्फ लाग्नु पर्ने उनको भनाइ छ ।
संघका लुम्बिनी प्रदेश अध्यक्ष गिरीराज आचार्यले व्यवसायीबीच अस्वस्थ प्रतिष्पर्धा गर्न नहुने बताए

प्रतिक्रिया दिनुहोस्