सीईएसः प्रविधि क्षेत्रको आँखीझ्याल «

सीईएसः प्रविधि क्षेत्रको आँखीझ्याल

हरेक वर्ष अमेरिकामा विश्वभरका प्रविधि क्षेत्रका सरोकारवाला र उपभोक्ताहरूको भिड लाग्छ, जनवरी महिनामा । कन्जुमर टेक्नोलोजी एसोसिएसन (सिइएस) ले आयोजना गर्दै आएको अन्तराष्ट्रिय उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनी (इन्टरनेशनल कन्जुमर इलेक्टोनिक्स सो (सीईएस) एक प्रदर्शनी मान नभइ प्रविधि क्षेत्रलाई चियाउने आँखिझ्यालको रूपमा विकास भइरहको छ ।
कन्जुमर टेक्नोलोजी एसोसिएसन (सिएएस) विश्वभरका सूचना प्रविधि अनुसन्धाता, उत्पादक, व्यवसायी र उपभोक्ताबीच जमघट गराउने थलो हो । यो वर्ष पनि यही जनवरीको ८ देखि १२ तारिखमा सीईएस सकिएको छ । यसका हाइलाइटहरू विश्वभरका संचारमाध्यममा आउन थालेका छन् । सूचना प्रविधि सम्बन्धि कुम्भमेलाकै रूपमा विगत ५१ वर्षदेखि अमेरिकाको लस भेगासमा यो प्रदर्शनी हुँदै आएको छ । मेलाले सम्बन्धित वर्षमा के कस्ता प्रविधि वा प्रविधिमा आधारित नयाँ नयाँ उत्पादन बजारमा आउछन् भन्ने झल्को दिंदै आएको छ । डेडलाख भन्दा बढीको उपस्थितिमा भएको यो वर्षको प्रदर्शनीले पनि कति विगतका वर्षका प्रविधिको निरन्तरता र कतिपय अब आउने नयाँ प्रविधिको बारेमा झल्को दिइरहको छ ।

सीईएस २०१७ लाई फर्केर हेर्दा
हरेक वर्ष अमेरिकामा हुने इलेक्टोनिक्स प्रदर्शनी आफैंमा विश्वभर सो वर्षमा बजारमा आउने वा अनुसन्धानका क्रममा रहेका नयाँ नयाँ प्रविधिको जानकारी दिने थलो नै हो भन्दा पनि हुन्छ । यो वर्ष के के आए भन्ने कुरा गर्नुअघि गत वर्ष सिइएसमा सार्वजनिक गरिएका प्रविधि कति वर्षभर अस्तित्वमा रहे वा कति अझै छन् भन्ने पनि मुख्य प्रश्न रहन्छ । गत वर्ष स्मार्ट बेड सार्वजनिक गरिएको थियो । यद्यपी यस्तै प्रविधिमा आधारित विश्वका बजारमा स्मार्ट बेडको उपस्थिति खासै देखिएन । तर, इलेक्ट्रिक बेड भने नेपाली बजारमा पनि पाइन थालेका छन् । सुताइको हरेक रेकर्ड राख्ने बेड उपभोक्तामाझ नआए पनि विगतका वर्षमा आएका स्मार्ट वाच र फिटनेस ट्रयाकरभने नेपालको बजारमा पनि छ्यास्छ्यास्ती देखिन्छ । जसले सुताइ, हिडाइ, खवाइ, ड्राइभिङ, स्वास्थ्य लगाएत मानिसका हरेक गतिविधिलाई रेकर्ड गरेर विश्लेषण गर्दछन् ।
गत वर्षकी सिइएस स्मार्ट ग्लास सार्वजनिक गरिएका थिए । यसमा गुगल लगाएतका कम्पनीहरूले थप अध्ययन गरिरहेका छन् । यद्यपी उपभोक्तासम्म सहज पहुँचमा अझै आइपुगेका छैनन् । स्मार्ट प्रविधिमा आधारित ब्लु रेलार्ई काट्ने स्मार्ट ग्लासहरू भने सन् २०१७ को अन्त्यदेखि एसियाली बजारमा पनि आउन थालेका छन् । सीईएसमा आएका कतिपय उत्पादन नै उपभोक्तासम्म पुग्छन् भने कतिपय अवधारणा हुन्छन्, जसका आधारमा कम्पनीहरूले विभिन्न उत्पादन सार्वजनिक गर्दछन् ।
गत वर्ष क्वालकम स्न्यापड्रागन अहिलेसम्मकै शक्तिशाली चिपसेटको रूपमा सिइएसमा सार्वजनिक गरिएको थियो । यसको थप विकास वर्षभरी नै भएको छ भने क्वालकमले अब एआइ प्रविधिमा आधारित चिपसेट समेत बनाउने भएको छ । यसबीच आइफोन एक्स र पिक्सेल टु जस्ता स्मार्ट फोनले एआइ चिपको प्रयोग गरको छन् भने चिनिया कम्पनी हुवावेले पनि हनर ब्राण्डमा एआइ चिप जडित फोन सार्वजनिक गरिसकेको छ । यससँग विभिन्न कम्पनीहरूले सीईएसमा आफ्ना स्मार्ट ग्याजेटहरू सार्वजनिक गरेका थिए, जसमध्ये अधिकांस उत्पादन वर्षभरी नै विश्व बजारमा आइरहे ।

सीईएस २०१८ का हाइलाइट
यो वर्ष पनि सीईएसमा विश्वभरबाट लाखौं मान्छे सहभागी भए । विश्वभरका प्रविधि कम्पनीले यस क्षेत्रका नयाँ नयाँ प्रविधि र सेवाहरू सार्वजनिक गरे । कतिपयले आफ्ना उत्पादन र कतिपयले आफ्ना अवधारणाहरू पनि सार्वजनिक गरेका छन् । यो वर्ष सीईएसमा सबैभन्दा चर्चाको विषय बनेको छ आर्टिफिसियल इन्टिलिजेन्ट (एआइ) । किनकी सीईएसमा प्रस्तुत ग्याजेट तथा सेवाहरू एआइ प्रविधिमा आधारित हुनमै जोड दिइएको पाइयो । गत वर्षको सीईएसमा खासै उपस्थिति नजनाएको सामसुङको सबैभन्दा ठूलो हाइडिभिनेसन टेलिभिजनदेखि कारमा एआइ र स्मार्ट प्रविधिसमेतका विषय सीईएसका हाइलाइट हुन् ।
विगतमा भनेजस्तो पट्याउन मिल्ने फोन सन् २०१७ मा आउन सकेछन् । सामसुङले यसमा थप अध्ययन भैरहको बताएको थियो भने अन्य कम्पनीहरूले पनि यस क्षेत्रमा काम गरिरहको बताएका छन् । यद्यपी यस्तो प्रविधिमा आधारित फोनहरू यो वर्ष भने बजारमा आउने संकेत सीईएसमा दिइएको छ । वितगमा जस्तै एआइ, भिआर, एआर प्रविधिदेखि उच्च गुणस्तरका ल्यापटप, मोबाइल फोन, ड्रोन, क्यामरा लगाएतका उत्पादन उपभोक्ताको चासोमा रहे । स्मार्ट घरेलु उपकरण पनि उपभोक्ताले रुचाइएको क्षेत्र हुन् । रोबोटिक्स र एआइमा आधारित उत्पादन यो वर्षका मुख्य प्रविधिको रूपमा रहे भने यसमा भएका थप प्रगतिलाई उपभोक्ताले देख्न पाए । अन्तराष्ट्रिय संचारमाध्यममा आएका समाचारहरू अनुसार प्रदर्शनीका क्रममा विभिन्न चल्तीका कम्पनीहरूले आफ्ना उत्पादनलाई उपभोक्ता चिनाउनलाई प्रतिस्पर्धा गरेको पनि पाइयो । सीईएस २०१८ का उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने हाइलाइटहरू यस्ता छन्,

टीभीः सामसुङ वालदेखि सोनी ५ केसम्म
सीईएसमा सार्वजनिक हुने ग्याजेटमा टेलिभिजन पनि उपभोक्ताको प्रमुख चासोको विषय बन्ने गरेको छ । खासगरी टेलिभिजनको आकार र गुणस्तरको कुरा बढी हाइलाइट हुने गरेको छ । सीआइरटी मनिटरहुँदै विकसित भएको टेलिभिजन एलसीडी, एलइडी, एचडी, फोर के हुँदै अब फाइभ के प्रविधिमा आधारित हुन थालेको छ । सोनी, सामसंग, एलजी र पानासोनिक कम्पनीले टीभीको प्रदर्शनी गरेका छन् । एलजीले प्रोटोटाइप ६५ इन्चको रोल गर्न सकिन ओएलइडी स्क्रिन सहितको टीभी सार्वजनिक गरको छ । कम्पनीले भविष्यमा भ्वाइस अस्टियान्टसहितको टीभी ल्याउने घोषणा गरको छ ।
सामसंगले विश्वकै उच्च गुणस्तरको ठूलो १४६ इन्चको डिस्प्ले भएको टेलिभिजन सार्वजनिक गरेको छ । दिवाल नाम दिएको छ । कम्पनीले २०१८ को पहिलो अर्धवार्षिक सम्म ८ के क्यूएलडी टीभी ल्याउने जनाएको छ ।सोनीले ब्राभिया ए ८ एफ सार्वजनिक गरेको छ । ५५ देखि ६५ इन्चसम्मको आकारमा हुने कम्पनीले जनाउको छ । यो वर्ष ल्याइने जनायो यसले ५के, एचडीआर सपोर्ट गर्नेछ । पानासोनिकले ४के ओएलइडीका दुई टीभी प्रदर्शनीमा ल्याएको छ जसको मोडेल एफजेड ८०० र एजजेड ९५० रहेका छन् ।

ल्यापटपः पुरानै कम्पनीको नयाँ उत्पादन
सीईएसमा टेलिभिजनपछिका उत्पादनमा उपभोक्ताको आकर्षकण ल्यापटप र ट्यावहरू देखिए । यी उत्पादनमा भने पुरानै ब्राण्डका नयाँ उत्पादन आकर्षणमा रहेको पाइयो । डेलले ३ युएसबी पोर्टका साथमा एक्सपीएस १३ ल्यापटपको घोषणा गरेको छ । एलजीले पनि एलजी ग्राम ल्यापटप तीन फरक खालका हुने जनाएको छ । सामसंगले पनि नोटबुक ९ र नोटबुक ७ सार्वजनिक गरेको छ । एसरले स्विफ्ट ७ नामक ल्यापटप, विश्वकै सबैभन्दा पातलो दावी गर्दै ल्याएको छ । यसको पातलोपना ८.९८ एमएमको हुनेछ । असुसले पनि आफ्ना ल्यापटपको स्तरोन्नति गर्दै जेनबुक १३ घोषण गरको छ । यसको ब्याट्री १५ घन्टासम्म चल्ने दाबी कम्पनीको छ । यसका अतिरिक्त अससले क्रोमोबक्स ३को घोषणा गरेको छ जुन डेक्सटप पीसी कम्प्युटर हो । यो क्रोमओसबाट चल्नेछ ।
ल्यापटपमा उत्कृष्ट कम्पनीमध्येको डेलले नयाँ ल्यापटप एक्सपीएस २ इन वन बारे जानकारी गराएको छ । यो अब १५ इन्चको साइजमा हुने र यसका कीबोर्डले चुम्बकको उपयोग गर्ने जनाइउको छ । कम्पनीले स्वतन्त्र भएर सहज टाइपिंग गर्न मिल्ने दाबी गरेको छ । यसका साथै कम्पनीले नयाँ एपको घोषणा समेत गरको छ । आइओएस र एन्ड्रोइड फोनको नोटिफिकेसनलाई स्वीकार गर्ने गरी यो ल्यापटप बनाइएको कम्पनीले जनाएको छ । । सोनीले एक्सपिरिया एक्सए २ र एक्सपिरिया एक्स २ अल्ट्रा नाम गरेका दुई स्मार्टफोनको घोषणा गरेको छ । यसका फिचरहरूमा २३ एमपी रियर क्यामरा, एक्स २ अल्ट्रामा सेल्फी फोनको प्रविधि छ । यसमा १६ एमपी एमेज जडित प्रविधि छ ।

नोकियाः स्वास्थ सरोकार उपकरणमा
कुनै समय मोबाइल फोनको पर्याय बनेको कम्पनी हो नोकिया । गत वर्षदेखि नै एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित मोबाइल बाजारमा ल्याएर पुनः स्मार्टफोन बजारमा आफ्नो उपस्थिति बलियो बनाउने ध्याउन्नमा छ । यो कम्पनीले अप्रिल २०१६ मा १३ करोड १० लाख पाउन्डमा स्वास्थ्यसम्बन्धी ब्रान्ड विथिङ्ग्स पनि किनेको थियो । कम्पनीले स्वास्थ्यसम्बन्धी उत्पादनमा ध्यान दिएको सन्देश यस पटको सीईएसमा दिएको छ । नोकिया ले स्लीप प्रविधि सार्वजनिक गरेको छ । स्लिप एक प्रकारको सेन्सर हो । यसले निद्रालाई पछयाउँछ । कम्पनीले आइएफटीटीटी नामक स्वचालन प्रणालीलाई सेट गरिए यसले तपाईको गतिविधिलाई नियन्त्रणमा राख्न मदत गर्ने जनाएको छ । सैद्धान्तिकरूपमा मान्छे जव निदाउछन् सरिरको तापक्रम र प्रकाश आफै परिवर्तन हुन सक्छन् । नोकियाले अमेजन एलेक्सासँग पनि सहकार्यको घोषणा गरेको छ । जस अनुासर अमेजन अस्टिेन्ट एलेक्सालाई आफ्नो स्वास्थ्यसम्बन्धी गतिविधिलाई नियन्त्रणमा राख्नका लागि प्रयोग गर्ने प्रविधि उपभोक्तासम्म ल्याउने प्रतिवद्धता कम्पनीको छ ।
पुरानामा अपग्रेडः भिआर, एआर र स्मार्ट फोनहरू
भीआर, एआर र नयाँ नयाँ स्मार्टफोनहरू पनि उपभोक्ताको रुचीका विषय बने । उपभोक्तामाझ विस्तारै प्रवेश गर्दै आएका भर्चुअल रियालिटी (भिआर) र आर्गुमेन्ट रियालिटी (एआर) देखि स्मार्ट फोनमा नयाँ फिचर आकर्षणमा रहे । भिभोले स्क्रीनमै फिंगरप्रिन्टको सुविधा भएको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ भने सामसुङ, सोनी, एलजी, हुवावे लगाएतका कम्पनीले नयाँ उत्पादनहरूको घोषणा गरेका छन् । एचटीसीले नयाँ भीआर हेडसेट सार्वजनिक गरको छ । भिभो प्रोमा दुई ओएलइडी स्क्रिन छन् । यसमा २८८० बाइ १६०० रिसलुसन छ । पीसी गेमको हार्डवेयर कम्पनी रेजरले ल्यापटप डब्ड प्रोजेक्ट लिन्डाको अवधारणाबारे जानकारी दिएको छ । यो प्रविधि अनुसार वायरलेस माउसप्याडको प्रविधि जडान गरेर ग्याजेटलाई उपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्