नेपाल लाइफ इन्स्योरेन्सले दियो आइफोन १२ «

नेपाल लाइफ इन्स्योरेन्सले दियो आइफोन १२

नेपाल लाइफ इन्स्योरेन्सले एकजना बिमितलाई आइफोन १२ प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले बिमा शुल्क (प्रिमियम) भुक्तानी ई–सेवाबाट गर्ने बिमित मध्येबाट पहिलो ‘लक्की ड्र’ मार्फत विजेता भएका विराटनगरका विज्ञान दाहाललाई आइफोन १२ प्रदान गरेको हो ।
नेपाल लाइफको कार्यालयमा भएको कार्यक्रममा नायब महाप्रबन्धक अमित केयलले विजेता दाहाललाई आइफोन प्रदान गरेका हुन् ।
नेपाल लाइफका नायब महाप्रबन्धक केयलले डिजिटल प्लाटफर्ममार्फत प्रिमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुने बताएका छन् । साथै ई–सेवाले ग्राहकहरुलाई विभिन्न उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने उनको भनाइ छ ।
विज्ञान दाहालले भने १० वर्षअघि बिमा गरेको पोलिसिको प्रिमियम समय र सहजतालाई ध्यान दिइ ई–सेवाबाट भुक्तानी गर्दा ‘लक्की ड्र’को बारेमा जानकारी नभएको बताए । तर ई–सेवाबाट ‘तपाई ‘लक्की ड्र’ मार्फत छनौट हुनुभएको छ’ फोन आउँदा सर्पाइज भएको दाहाल बताउँछन् । उनले भने, ‘आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ । यस्ता उपहार÷पुरस्कारले अझ थप उत्साह थपेको छ ।’
आफ्ना बिमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग प्रिमियम भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा प्रिमियम भुक्तानी गर्न सकिन्छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आईपीएस, फोन पे, आईएमई पे तथा प्रभु पेलगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्